१३ चैत, काठमाडौं।

विवादित विषयमा सहमति जुटाउन दलहरुलाई सुरुमा दिएको बुधबारसम्मको समय ब्यर्थै बितेपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले १५ चैतसम्मको थप समय दिएका छन्। तर,उक्त समयसीमाभित्र सहमति त परै जाओस्, प्रमुख दलहरुबीच औपचारिक छलफल हुने कुनै छाँटकाँट देखिएको छैन।

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली बिरामी भएर आराम गष्रिरहेका छन् भने विपक्षी मोर्चाका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष प्रचण्ड चीन भ्रमणमा छन्। यद्यपि, प्रमुख दलका दोस्रो तहका नेताहरुले सहमतिका लागि अनौपचारिक संवाद भने गरिरहेका छन्।

कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले कोही नेताहरु बिरामी र कोही विदेश गएका कारण शीर्ष तहमा औपचारिक संवाद हुन नसकेको बताए। रुघाखोकीले च्यापेपछि प्रधानमन्त्री सुशील कोइराला हप्ता दिनदेखि निवासमै आराम गरिरहेका छन् भने ओली पनि अस्वस्थ भएपछि घरमै आराम गरिरहेका छन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।