२० भदौ, काठमाडौँ ।

संयुक्त मधेशी मोर्चाले आव्हान गरेको अनिश्चितकालीन तराई मधेश बन्दको क्रममा प्रहरीले शनिबार राति र आइतबार विहान मुलुकभर सवारी साधन स्कर्ट गरी सुरक्षित साथ गन्तव्यतर्फ पठाएको छ ।

यसैक्रममा काठमाडौँ नागढुंगा नाकाबाट ११ वटा पेट्रोल, ४६ ग्याँस, १२ डिजेल, २ मट्टितेल र १२ हवाई इन्धनका बोकेको सवारी साधन भित्रिएको छ ।

पुर्व क्षेत्र अन्तर्गत पश्चिमबाट पुर्व जाने ८२ बस, ६५ ट्रक ४३ साना सवारी, ६४ मालबाहक ट्रक गरी २५४ वटा र पूर्वबाट पश्चिम जाने ४१ बस, १०६ ट्रक÷कन्टेनर, १२ साना सवारी गरी १५९ वटा सवारीलाई स्कर्ट गरी गन्तव्यतर्फ पठाएको छ । भंसार कार्यालय बिराटनगरबाट १० ग्याँस, मालबाहक ट्रक १६३ नेपाल भित्रिएका छन् ।

मध्य क्षेत्र अन्तर्गत बिरगंज भंसारबाट ८६ ट्रक, पेट्रोल ल्याएका ६६ वटा , डिजेल ल्याएका ८३ वटा, एटिएफका ३३, ग्याँस ल्याएको १र अक्सिन ल्याएको १ वटा गरी २७० सवारी साधन नेपाल भित्रिएका छन् । पुर्वबाट आएका ४० बस, १७७ ट्रक, ११ साना गाडीसमेत २२८ वटा र पश्चिमबाट पुर्व गएका ६६ बस, ६१ ट्रक,३४ साना गाडी समेत १६१ वटा सवारी साधनलाई स्कर्ट गरी गन्तव्यतर्फ पठाइएको छ ।

पश्चिम क्षेत्र अन्तर्गत पुर्वबाट पश्चिमतर्फ आएका ३२८ बस, ३२९ ट्रक, १४२ साना गाडी गरी ७९९ वटा र पुर्वतर्फ १४६ बस, ३८५ ट्रक, ११४ सानागाडी समेत ६४५ वटा सवारी साधनलाई स्कर्ट गरी गन्तव्यतर्फ पठाइएको छ ।

मध्यपश्चिम क्षेत्र अन्तर्गत पश्चिमबाट पुर्वतर्फ ५५ बस, ६९ ट्रक, २४ साना गाडी समेतगरी १४८ वटा र पुर्वबाट पश्चिमतर्फ ७२ बस, ६६ ट्रक, २१ साना गाडी समेत १५९ वटा सवारी साधनलाई स्कर्ट गरी गन्तव्यतर्फ पठाइएको छ । बाँके जमुना नाकाबाट ९ वटा पेट्रोल, २० वटा डिजेल,१ वटा मट्टितेल, २० वटा ग्याँस,१ वटा हवाई ईन्धन ल्याएको र १५ मालबाहक ट्रक नेपाल भित्रिएका छन् ।

सुदुरपश्चिम क्षेत्र अन्तर्गत पुर्वतर्फ ४ बस, ५ ट्रक,र पुर्वबाट पश्चिम आएका ५ वटा ट्रकलाई प्रहरीले स्कर्टिङ गरी पठाएको छ ।

कंचनपुरको गड्डा नाकाबाट २ जीप, २० मोटरसाइकल, ४ तरकारी बोकेका ट्रक नेपाल भित्रिएको र ४ ट्रक , १० मोटरसाइकल बाहिरिएको छ । यसैगरी कैलालीको त्रिनगर भंसारबाट १३ वटा तरकारी बोकेको ट्रक, १७ वटा पेट्रोल ट्याङकर, ३ कार र २ वटा मोटरसाइकल नेपाल भित्रिएको छ भने १० ट्रक र २० जीप बाहिरिएको छ ।

नेपाल पुलिसको जानकारीमा आधारित