एजेन्सी ।

चीनको अलीबाबा संसारकै सबैभन्दा ठूलो कम्पनी मध्ये एक मानिन्छ । थुप्रै प्रकारका उत्पादनको ब्यवसाय गर्ने यो कम्पनीका संस्थापक हुन् चिनिया नागरिक ज्याक मा ।

ज्याक माको जीवनमा सफलताको कथा पढ्दा मानिसहरु चकित पर्छन् । किन भने कुनै बेला स्कुल लेभलमा पटक पटक फेल भएका ज्याकले अहिले स्थापित गरेको यो कम्पनीले उनलाई एसियाकै धनी ब्यक्ति बनाएको छ ।

jack ma richest person in Asia 1

अहिले ५१ वर्षका रहेका ज्याक मा प्राइमरी स्कुलमा २ पटक फेल भएका थिए भने ५ र ८ क्लासमा पनि फेल भएका थिए ।

विश्वमै सर्वाधिक धनी टप-१० पोर्नस्टार सुन्दरी (तस्विर सहित)

ज्याकले पहिलो पटक विश्व विद्यालयमा अंग्रेजी पढाउने जागिर खाँदा उनको तलव केवल १०० चिनिया युआन थियो । ५ वर्ष सम्म विश्व विद्यालयमा पढाएपछि उनले जागिर छोडे ।

alibaba company

पढाइमा फेलः
स्कुलमा ज्याक ५ औं कक्षामा दुई पटक र ८ औं कक्षा सम्म पुग्दा तीन पटक फेल भएका थिए । उनलाई अमेरिकाको हावार्ड विश्व विद्यालयले भर्ना लिन अस्वीकार गरेको थियो । उनलाई कैयौं कम्पनीले जागिर दिन अस्वीकार गरे । तर अहिले उनको कम्पनीको कूल आम्दानी करिव ४० करोड सम्म छ ।

jack ma richest person in Asia 2

अंग्रेजी शिक्षक बन्न चाहन्थेः
ज्याकलाई अंग्रेजी खुवै मन पर्थ्यो । उनी शिक्षक बन्न चाहन्थे । तर कम्प्युटरमा भने उनलाई खासै ज्ञान थिएन । उनलाई मेल पठाउन र प्राप्त गर्ने तरिेका समेत थाहा थिएन ।

टुरिष्ट गाइड बनेर सिके अंग्रेजी
आफू १२ कक्षमा भएको समयमा ज्याकले अंग्रेजी सिक्नका लागि विदेशी टुरिष्टहरुलाई गाइड गर्ने गर्थे । त्यतिबेला उनको अंग्रेजी निक्कै कमजोर थियो । तर उनले विदेशीहरुबाट भाषा सिके र अंग्रेजी राम्रो पारे । उनले ८ वर्ष सम्म निरन्तर टुरिष्ट गाइडको काम गरेपछि अंग्रेजी भाषा बोल्न सक्ने भएका थिए ।

jack ma richest person in Asia

२ घण्टामा ६० लाखः
१९९९ मा जव ज्याक अलिबाबा कम्पनी बनाउने सोंच्दै थिए त्यतिबेला उनले यो कुरा १८ जनालाई बताएका थिए । यो कुरा सुनेर उनीहरुले २ घण्टामै यति प्रभावित भएकी सबै मिलेर ६० हजार डलर अर्थात ६० लाख रुपैयाँ जम्मा गरिदिए ।

alibaba company 1

१ दिनमा सबैभन्दा बढी सेलिङको रेकर्डः

ज्याक मा को कम्पनीले गत वर्ष १ ददिनमा १४ अर्व डलर अर्थात १४ खर्व बराबरको ब्यापार गरेर संसारमै एक दिनमा सबैभन्दा बढी विक्री गर्ने कम्पनीको रेकर्ड राखेको थियो ।

संसारकै सबैभन्दा धनी बाउकी सुन्दरी छोरी (फोटो फिचर)

यस्तो छ ज्याक माको सफलताको शुत्र

२० वर्ष सम्मः यो उमेर सम्म राम्रो विद्यार्थी बन्नु पर्छ । तर उद्दमी बन्नका लागि अनुभव भने खोज्नु पर्छ ।

२५ वर्ष सम्मः यो समय सम्म धेरै गल्ती गरिसकेको हुनु पर्छ । धेरै पटक लडेपछि मात्र उठ्न सकिन्छ । असफलता देखेर डराउनु हुँदैन । हरेक गल्ती जीवनका लागि ठूलो राजश्व हो ।

३० वर्ष सम्मः अव तपाइँले कसैको पदचाप पच्छ्याउनु पर्छ । सानो कम्पनीमा काम गर्ननुस् । ठूला कम्पनीमा एकै पटक काम गर्दा मेसिनको दास मात्र भइन्छ । राम्रो हाकिमको सिको गर्न थाल्नुस् ।

३० देखि ४० वर्ष सम्मः अव सफल उद्दमी बन्नका लागि आफ्नै काम गर्न थाल्नु पर्छ ।
४० देखि ५० वर्ष सम्मः यो उमेरमा त्यस्ता चिजमा ध्यान दिनु पर्छ जसमा तपाइ दक्ष बनाउँछ ।

५० देखि ६० वर्ष सम्मः यो उमेरमा युवाहरुका लागि काम गर्नु पर्छ । युवामा विश्वास गर्नुस् । उनीहरुलाई बोलाउनुस् र सहभागी बन्नुस् ।

६० वर्ष पछिः यो उमेरपछि भने आफ्नै लागि समय दिनु पर्छ ।

मानव इतिहासमै संसारका सबैभन्दा धनी १० ब्यक्ति (तस्विर सहित)