टाइगर श्रोफ, अनन्या पान्डे र तारा सुतरिया स्टाटर ‘स्टुडेन्ट अफ द इयर २’ ले बलिउड बक्स अफिसमा सुस्त सुरुवात गरेको छ। गएको शुक्रबार रिलिज भएको फिल्मले पहिलो दिन केवल १२ करोड भारु कमाउन सक्यो।

टाइगरको करिअरको दोस्रो ठूलो ओपनिङ्ग
यो फिल्म टाइगर श्रोफ फिल्महरु मध्ये पहिलो दिन सबैभन्दा बढी कमाइ गर्नेमा दोस्रो नम्बरमा परेको छ। सन् २०१८ मा रिलिज भएको टाइगरको बागी २ ले पहिलो दिन २५.१ करोड भारु कमाएको थियो।

सन् २०१६ मा रिलिज भएको बागीले पहिलो दिन ११.९४ करोड भारु कमाएको थियो। त्यही वर्ष रिलिज भएको उनको फिल्म ‘ए फ्लाइंग जट’ले ७.१ करोड भारु, सन् २०१७ को मुन्ना माइकलले ६.६५ करोड भारु र सन् २०१४ को हीरोपंतीले ६.६३ करोड भारु कमाएको थियो।

वर्षको पाँचौ ठूलो ओपनर
स्टुडेन्ट अफ द इयर २ सन् २०१९ को बलिउड फिल्महरु मध्ये पहिलो दिन सबैभन्दा बढी कमाउनेमा पाँचौ स्थानमा परेको छ।

फिल्म कलंकले २१.६ करोड भारु कमाएर पहिलो दिन सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो। त्यस्तै केसरीले पहिलो दिन २१.०६ करोड भारु, गली ब्वायले १९.४ करोड भारु, टोटल धमालले १६.५ करोड भारु कमाएको थियो।

यो पढ्नुस्।

स्टुडेन्ट अफ द इयर-२ की नायिका अनन्या हनीमून बेबी