स्मार्टफोनको ब्याट्री द्रुत गतिमा सकिने समस्या आम हुन्छ । अधिकाँश स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ । दिनभरी फोन चार्जमा राख्न सम्भव हुँदैन तर चार्ज सकिएपछि तनाव हुन्छ ।

प्याटर्न लक बिर्सनुभयो? यसरी अनलक गर्नुस् एन्ड्रोइड स्मार्टफोन

यहाँ ब्याट्री चार्ज गर्दा गर्न नहुने ५ गल्ती र ब्याट्रीको लाइफ बढाउने तरिकाको चर्चा गरिएको छ ।

१- फोनलाई आधा ब्याट्री हुँदा नै चार्जमा राख्नुस्

सके सम्म स्मार्टफोनमा आधा ब्याट्री हुँदा नै चार्ज गर्दा राम्रो हुन्छ । ५० प्रतिशत भन्दा माथि ब्याट्री भएको समयमा पुनः चार्ज गर्नु भो भने यसले ब्याट्रीको लाइफ बढाउन मद्दत गर्छ ।

smartphone battery life

२- फोनलाई चिसो राख्नुस्
सके सम्म फोनलाई चिसो ठाउँमा राख्नुस् । गर्मी ब्याट्रीको दुश्मन हो । गर्मीले ब्याट्री छिटो सकिने मात्र होइन यसको आयु समेत घटाइ दिन्छ ।

किन तात्छ स्मार्टफोन? कसरी समाधान गर्ने?

३- ब्याट्री पुरै सकिन नदिनुस्
सके सम्म आफ्नो स्मार्टफोनको ब्याट्रीलाई पुरै सकिन नदिनुस् । ब्याट्रीलाई छोंटो छोंटो समयमा चार्ज गर्नुस् । यसो गर्दा ब्याट्रीको लाइफ बढ्छ । जिरो ब्याट्री पुर्‍याएर पुनः चार्ज गर्दा ब्याट्रीका लागि घातक हुन्छ ।

smartphone battery life 1

४- आफ्नो चार्जर प्रयोग गर्नुस्
स्मार्टफोनमा जनु पायो त्यही चार्जरबाट चार्ज गर्दा ब्याट्रीमा असर पुग्छ । कतिपय चार्जरले पट विगारिदिन्छन् भने कतिपयले ब्याट्रीको लाइफ नै ।

५- फोन बन्द गरेर चार्ज गर्नु राम्रो
फोन चार्ज गर्दा सके सम्म बन्द गरेर चार्ज गर्नुस् । बन्द गरेर ब्याट्री चार्ज गर्दा छिटो चार्ज हुने मात्र होइन ब्याट्री लाइफमा पनि बढोत्तरी हुन्छ ।

स्मार्टफोनले गर्ने ६ अनौठा काम