एजेन्सी । केही दिन अिघ सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन भाटभट पड्किन थालेपछि कम्पनीले बजारबाट मोबाइल फोन फिर्ता लैजाने निर्णय गर्यो । ब्याट्रिमा देखिएको खराबीका कारण फोन पड्किएको कम्पनीको निश्कर्ष छ । यसले प्रयोगकर्तालाई त त्रास उत्पन्न गराएको छ नै कम्पनीको पनिबद्नाम हुने गर्दछ । स्मार्ट फोन किन पड्किन्छ र यसलाई कसरी सुरक्षित राख्न सकिन्छ ?

160315132936_samsung_galaxy_s7_edge_624x351_getty_nocreditस्मार्टफोन भुईँमा खस्यो भने लिथियम आयन ब्याट्री फुट्न सक्छ जुन सबैका लागि खतरनाक हुन सक्छ । यदी स्मार्टफोनमा सस्तो ब्याट्री प्रयोग गरिएको छ भने पनि ब्याट्री फुल भएपछि त्यो ब्याट्री नभएर सानोतिनो बम नै बन्न सक्छ ।

160901232239_samsung_burning2_640x360_arielgonzalez

उत्पादनकै क्रममा जसरी स्मार्टफोनको प्रोसेसिङको क्षमता बढाइएको छ ब्याट्री टेक्नोलोजी त्यहि रफ्तारमा सुधार हुन नसक्दा पनि ब्याट्रीमा खराबी आइ बिस्फोट हुने गर्दछ । मल्टि विन्डोमा काम गर्ने खालको स्मार्टफोनको ब्याट्रीमा जहिलेपनि बढी लोड पर्ने गर्छ । यसकारण फोनको भित्रको तापक्रम बढ्न गई सर्ट सर्किट भएर खतरा बन्न सक्छ ।

कुनै पुराना ब्याट्रीलाई धेरै चार्ज गरियो भने पनि बिस्फोट हुने खतरा हुन सक्छ । आजकल स्मार्टफोनमा जुन खालको ब्याट्री आएको छ त्यसमा चार्ज पूरा हुने वित्तिकै अटोमेटिक चार्जिङ बन्द हुने र चार्जर डिस्कनेक्ट हुने हुँदा ब्याट्रीमा असर गर्न पाउँदैन । तर चार्ज पूरा भएपछि चार्जर डिस्कनेक्ट गर्नु नै उत्तम हुन्छ ।

160902084307_ariel_gonzalez_624x351_arielgonzalez_nocreditस्मार्टफोन बनाउने कम्पनीहरुले जसरी छिटोछिटो चार्ज गर्ने प्रविधिको विकास गरेका छन् त्यसका कारण पनि ब्याट्रिमा खराबी आउन सक्छ । ब्याट्रीमा बिजुलीको चार्जको रफ्तार बढी भएका बेला स्मार्टफोन तत्काल तातिन्छ र यस्तो बेला चार्ज गर्दै फोनमा कुराकानी गर्नु घातक हुन्छ । कम्पनीले दिएको भन्दा अन्य मिल्ने चार्जरबाट चार्ज गर्दा पनि ब्याट्रीमा क्षति पुग्ने बढी संभावना हुन्छ ।

एक ट्वीटः जसले ओबामालाई चीनमा अपमानित बनायो

ओछ्यानमा र सिरानी मुनी राखेर फोन र ट्यावलेट चार्ज नगर्नु राम्रो हुन्छ । निन्द्रामा थिचियो भने ठूलो दुर्घटना हुन सक्छ । स्मार्टफोन घर बाहिर चार्ज गर्नुछ भने केही बेरको लागि मात्रै चार्ज गर्नु उपयुक्त हुन्छ । गर्मीको समयमा गाडीमा यात्रा गर्दा ड्यासबोर्डमा राखेर चार्ज नगर्दा जोखिम कम गर्न सकिन्छ ।