१३ कात्तिक, स्याङ्जा।

स्याङ्जा समाज, जापानले स्याङ्गजाको चण्डिकालिका बहिरा विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । बिहिबार विद्यालयमा आयोजित एक समारोहका बीच उक्त सहयोग रकम समाजका महासचिव नरेश जिसीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अमिर बक्स मियाँलाई हस्तान्तरण गरेका हुन् ।

syangjasamaj

पुतलीबजार नगरपालिका वडा नम्बर ४ मा अवस्थित उक्त विद्यालयले विगत ६ वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा रहेका बहिरा विद्यार्थीहरुलाई अध्यापन गराइरहको छ । हाल उक्त विद्यालयमा तीन दर्जन बढि विद्यार्थीहरु अध्ययनरत रहेको समाजका सदस्य अर्जुन हमालले बताए ।

उक्त कार्यक्रममा समाजले जिल्ला कै विरुवा अर्चले गाविसमा रहेको जनजागृति प्राथमिक विद्यालयलाई पनि सहयोग रकम हस्तान्तरण गरेको छ । त्यसै गरी दुई जना अपांग विद्यार्थीहरु सुशान्त क्षत्री र अस्मिता केसीलाई पनि पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।

sjangjajapan

स्याङ्जा जिल्ला घर भई अध्ययन तथा रोजगारीको शिलशिलामा जापानमा रहेका स्याङ्जावासीहरुको साझा संस्था समाजले त्यहाँ रहेका नेपालीहरुबाट संकलित रकमबाट विभिन्न समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । कार्यक्रममा स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान सचिव मेघ प्रनेश र निवर्तमान कोषाध्यक्ष हरी अर्यालले बोलेका थिए ।