काठमाडौं ।

विसं २०१९ पुस ५ गते गुल्मी जिल्ला खड्गकोट गाविस वडा नं ३, उपल्लो कोरेङमा बुबा दीनानाथ शर्मा ढकाल र आमा देवकला शर्मा ढकालका ज्येष्ठ सुपुत्रका रूपमा जन्मेका रामनाथ ढकाल एमालेका जुझारु युवा नेता थिए । विसं २०३७ मा अनेरास्ववियुको गुल्मी जिल्ला कोषाध्यक्षका रूपमा लोकतान्त्रिक आन्दोलनमा होमिएका उनी सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित भए । र विद्यार्थी आन्दोलनको चर्चित र अग्रणी नेताका रूपमा स्थापित हुन सफल भए ।


Ramnath Dhakal

विसं २०४० सालमा नेकपा (माले) को पार्टी सदस्यका रूपमा कम्युनिस्ट आन्दोलनमा संलग्न उनले पार्टीको लुम्बिनी अञ्चल सचिव तथा अञ्चल इञ्चार्जको जिम्मेवारी बहन गरेका थिए । सातौँ महाधिवेशनपछि केन्द्रीय सदस्य रहेका ढकाल नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुनः निर्वाचित भएका थिए । हाल उनी पार्टी पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इञ्चार्जको जिम्मेवारीमा थिए ।

पार्टीको सातौं महाधिवेशनपछि केन्द्रीय सदस्य भएका ढकाल नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुनः निर्वाचित भएका थिए । हाल उनलाई पार्टी पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारीमा दिएको थियो ।

पञ्चायतकालमा पटक–पटक प्रहरी प्रशासनको विरुद्ध घरो ढंगले उत्रिएका उनले धेरै पटक साङ्घातिक आक्रमणको सामना गर्नुपरेको थियो ।

२०५१ सालमा गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित उनले विकासप्रेमी, सक्रिय र प्रभावकारी सांसदको रूपमा आफ्नो विशिष्ट छाप छाड्न सफल भएका थिए । २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं ५ बाट विजयी ढकालले व्यवस्थापिका–संसदमा राज्य व्यवस्था समितिको सभापतिको रूपमा निर्वाहा गरेको भूमिका संसदीय इतिहासमा सदैव स्ममरणिय छ ।

विगत केही समय यता क्षयरोग र लिम्फोमा विरुद्ध सङ्घर्षरत ढकाल एक हप्ता अगाडिदेखि छातिको गम्भीर सङ्क्रमणसँग संघर्ष गरिहरहेका थिए । ढकालको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

चिकित्सकहरूको ढकाललाई बचाउनको लागि अथक प्रयास गरेपनि अन्ततः असफल हुन सकेन र ढकालको निधन भयो । नेकपा एमालेले नेता कृष्णगोपाल श्रेष्ठले ढकालको निधनले पार्टीलाई अपुरणिय क्षति पुर्या‍एको बताए ।

विसं २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं ५ बाट विजयी उनले व्यवस्थापिका–संसदमा राज्य व्यवस्था समितिको सभापतिका रूपमा निर्वाह गरेको भूमिका संसदीय इतिहासमा सदैव स्मरणीय रहने एमालेको ठहर छ ।

Ramnath Dhakal 2
ढकालको निधनले ‘एमाले मर्माहत र शोक विह्वल’, दाहसंस्कार सोमबार

पोलिटब्युरो सदस्य रामनाथ ढकालको निधनले सिङ्गो पार्टी स्तब्ध, मर्माहत र शोक विह्वल भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

स्वाइन फ्लुबाट पीडित ढकालको आइतबार दिउँसो ग्राण्डी अस्पतालमा उपचारका क्रममा दुःखद निधन भएको थियो । उनी ५२ वर्षका थिए ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ढकाल विगत केही समययता क्षयरोग र लिम्फोमा विरुद्ध सङ्घर्षरत रहेका तथा चिकित्सकको अथक प्रयासका बीच उपचारका क्रममै भएको दुःखद निधनले सिङ्गो पार्टी असाध्यै मर्माहत भएको जनाइएको छ ।

Ramnath Dhakal 1

‘दुःखको यस घडीमा एमाले केन्द्रीय कार्यालय ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

उनको पार्थिव शरीरलाई भोलि बिहान ८ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बल्खुमा अन्तिम श्रद्धाञ्जलिका निम्ति राखिने र ११ बजे पशुपति आर्यघाटमा विधिवत् दाहसंस्कार गरिने भएको छ ।

उनका दुई श्रीमती, दुई छोरा र एक छोरी छन्