२५ मंसिर, बैतडी।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले स्वाभिमानको रक्षा गर्न आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ बैतडीले आज पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले धेरै नेपाली परनिर्भर भएकाले स्वाभिमानप्रति चुनौती आएको बताए । उनले भने “अत्यावश्यक चिजका लागि पनि परनिर्भर भएका छौँ, आफ्नो स्वाभिमान जोगाउन आत्मनिर्भर हुन जरुरी छ ।”

भारतले गरेको अघोषित नाकाबन्दीको कुनै नैतिक, राजनीतिक आधार नभएको र यो अन्तर्राष्ट्रिय कानुन विपरीत छ भन्दै उनले ९० प्रतिशत जनप्रतिनिधिबाट जारी भएको संविधानमा प्रजातान्त्रिक राष्ट्रले विरोध गर्नु आश्चर्यपूर्ण भएको बताए ।

एक फरक प्रसङ्गमा उनले संविधान संशोधन तथा सीमाङ्कनका विषयमा हेरफेर हुने तर जनताका मागलाई आधार मानेर मात्र हेरफेर हुने विचार व्यक्त गर्नुभयो ।