११ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रयास भइरहेको बताएका छन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले आज विहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकमा बोल्दै स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु गरिएको बताए ।

स्वास्थ्य मन्त्री निरन्तर सुधारकै लागि लागिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले गति लिन थालेको उल्लेख गरे ।

सभामा बोल्दै स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगन थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताए । सभाले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।