हामी जुन कुरा खान्छौ, त्यसको असर हामीले दिनभर गर्ने क्रियाकलापमा पर्न जान्छ । युरोपियन जर्नल अफ फिजियोलोजीले गरेको एक अध्ययन अनुसार कार्वोहाइड्रेड, प्रोटिन, भिटामिन सि, आइरन, चिल्लोपदार्थ, क्याल्सियमजस्ता पौष्ट्रिक आहार खानामा समावेश गर्नुपर्दछ । जसबाट हाम्रो शरीरलाई चाहिने प्रशस्त शक्ति प्राप्त हुन्छ । साथै थकान तथा कमजोर जस्ता समस्याबाट बच्न सकिन्छ । त्यसका लागी खानामा यी १० प्रकारका खानेकुरा समावेश गर्नुस् ।
१. मह र हल्दी –एक चम्चा मह र हल्दी पाउडर मिसाउनुहोस् । यसको नियमित सेवनले कमजोर महसुस कम हुदै जान्छ ।
२.दुध र केरा- विहान र बेलुकी २ / ३ वटा केरासंग १ गिलास दुध पिउनुहोस् ।

३. अनारको बोक्रा -अनारको बोक्रालाई सुकाएर पिस्नुहोस र विहान बेलुका नियमित रुपमा एक चम्चा खानुहोस् । यसले शरिरमा रगतको मात्रा बढाउनमा मद्दत गर्दछ ।

४. छोरा, काजु र बदाम -४/५ छोरा, २/३ काजु र २ दाना बदामलाई एक गिलास दुधमा मिसाएर उमाल्नुहोस् । यसमा एक चम्चा मिश्री तथा चिनी मिसाएर सुत्नुभन्दा पहिले नियमित पिउनुहोस् ।

५. अवला -अमलाको पाउडरमा मिश्री पिसेर मिलाउनुहोस् । दैनिक सुत्नुभन्दा अघि एक चम्चा पाउडर मनतातो पानीसंग खानुस् ।

६. मेथी -दुई चम्चा मेथीका दानालाई ५ घण्टासम्म पानीमा भिजाउनुस् । यसलाई केहि समय उमाल्नुस् । उम्लीसकेको पानीलाई छानेर दुई चम्चा महसंग नियमित खानुहोस् ।

७. दालचिनी -एक गिलास दुधमा एक चौथाई चम्चा दालचिनी तथा एक चम्चा मह मिलाएर नियमित खानुहोस् ।

८. चना –राती ६,७ चमच चना दाल काचो दुधमा भिजाउनुस् । भोलीपल्ट विहान ५ ६ किसमिस र मिश्री मिसाएर खानुस् ।

९. पालुङ्गोको जुस- हरेक दिन एक गिलास पालुङ्गोको जुस पिउनुस् । यसबाट शरीरलाई आवश्यक शक्ति प्राप्त हुन्छ ।

१०.सुप र मिश्री -सुप र मिश्रीलाई बराबर मात्रामा मिसाएर पाउडर बनाउनुस् । हरेकदिन खानापछि २ चम्चा खानुस् ।

यो पढ्नुस्।

प्रत्येक दिन एक चिम्टी सुप खाँदा हुने ९ फाइदा जान्नुस्