१६ मंसिर, काठमाडौं । राजधानीको हाँडीगाउँमा ग्याँसको सिलिण्डर पड्किएको छ ।

खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा हाँडीगाउँ जोगीकुटी मार्ग डेरा गरी बस्ने भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाहको घाइते भएका छन् ।

उनी आइतबार राति घाइते भएका हुन् । कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।