१७ साउन, सर्लाही । जंगली हात्तीको आक्रमणबाट सर्लाहीको ढुंग्रेखोलामा एक महिलाको ज्यान गएको छ । ढुंग्रेखोला–८ की पुर्णीमा मोक्तानको हात्तीको आक्रमणवाट मृत्यु भएको हो ।

घरमा सुतिरहेको बेला मोक्तानलाई हात्तीले एक्कासी आक्रमण गरेको प्रहरीले जनाएको छ । जंगली हात्तीले यो वर्ष दुई जनाको ज्यान लिइसकेको छ ।

यस पहिले सर्लाहीको पत्थरकोटस्थित हिरापुरमा पनि एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भएको थियो । हरेक वर्ष चितवन तथा पर्सा वन्यजन्तु आरक्ष क्षेत्रबाट सर्लाही तर्फ प्रवेश गर्ने जंगली हात्तीको समुहले जनधनको क्षति पुर्याउँदै आएको छ ।

हात्तीले आक्रमण गरेर मानिसको ज्यान लिए पछि अहिले ढुंग्रेखोला र आसपासका क्षेत्रका सर्वसाधारण त्रसित छन ।