८ साउन, काठमाडौं।

संद्बावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले संसद बैठकमा बोल्दै प्रधानमन्त्रीले राजीनामा किन नदिएको भन्दै प्रश्न गरेका छन्।

laxman lal karna1

फाइल तस्बिर

कर्णले संसदमा प्रश्न गर्दै भने, ‘क्या होता हे पदमुक्तका अर्थ, कुर्सीपर बैठना होता है?’

नेपाली निकै कम बुझ्छु भन्दै कर्णले हिन्दीमा भाषण गरेका छन्। अविश्वासको प्रस्तावमा ३ सय ४१ ले हस्ताक्षर गर्दा पनि ओलीले सरकार चलाइरहेको बताउँदै नयाँ सरकार किन बन्न सक्दैन् भन्दै १७ पटक आफैले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएको बताए।

प्रचण्डलाई धन्यवाद दिदै उनले कांग्रेसलाई पनि माओवादीले सहि बाटोमा ल्याएको बताए। ‘लेकिन आजभी परिक्षाकी घडी बाँकी हे’ भन्दै उनले प्रचण्ड प्रति आफुलाई विश्वास भएको बताएका छन्।

यो पनि पढ्नुस्।

भद्र सहमति पालना नहुँदा अविश्वासको प्रस्तावः गजुरेल

एमालेमा पार्टी छैन गुट छः नेपाल