१५ पुस, चौतारा।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मको विकल्प नभएको बताएका छन् ।

kamal-thapa mic

फाइल तस्बिर

सिन्धुपाल्चोकको चौतारामा आज आयोजित पार्टी एकीकरण भेलामा अध्यक्ष थापाले नेपालीको अभिमतबिनै हिन्दू धर्म मेटाउने काम भएको विचार व्यक्त गरे । पछिल्लो राजनीति घटनाक्रमले देशलाई अस्थिरतातर्फ धकेलेको बताउँदै उनले सनातन धर्म र मुलुकलाई सङ्कटबाट जोगाउन आफ्नो पार्टी दृढ छ भने ।
सो अवसरमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन हुने प्रबल सम्भावना रहेकाले सजग रहन कार्यकर्तालाई निर्देशन दिए।

वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले देशको ढुकुटीमा खर्बौ रकम भएर पनि सरकारले जनतालाई प्रत्यक्ष लाभ हुने गरी खर्च गर्न नसकेको बताउँदै ‘पार्टीभन्दा माथि उठेर काम गर्ने दलको अभावमा भ्रष्टाचार मौलाएको र सुशासन अभावका कारण’ आगामी दश वर्षमा सबैभन्दा नेपाल गरिब देश बन्ने चेतावनी दिए । रासस