२८ कार्तिक, काठमाडौ । विभिन्न पार्टीका ४ समानुपातिक उम्मेदवार पार्टी परित्याग गरी एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ६ ले गोंगबुमा आयोजना गरेको चुनावी सभामा विभिन्न पार्टीका समानुपातिक उम्मेदवार पार्टी प्रवेश गरेका हुन् । उनीहरूले हिमाल शर्मा युवाहरुको ढुकढुकी भएको र हजार मृत्युलाई जितेर आएका एक कुशल नेतृत्व भएको बताउँदै आफुहरूले आफ्नो उम्मेदवारी सहित पार्टी परित्याग गरेर एमाओवादीमा प्रवेश गरेको बताएका छन् । पार्टी प्रवेश गर्नेहरूमा देशभक्त समाज पार्टीका समानुपातिक उम्मेदवार राजन अधिकारी, नेपाल परिवार दलका केन्द्रिय सल्लाहकार तथा समानुपातिक उम्मेदवार म्याज महमद, नेकपा संयुक्तका समानुपातिक उम्मेदवार महमद आहेम र सिवादीन पाण्डे रहेका छन् । 

cmत्यस्तै कार्यक्रममा क्षेत्र नं. ६ का विभिन्न गाविस र वडाबाट एमाले, कांग्रेस, राप्रपा लगायतका पार्टी परित्याग गरि करिव ३ सय नेता कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्न पुगेका एमाओवादीका अध्यक्ष प्रचण्डले हिमाल शर्माले चुनाव जितिसकेको बताएका छन् । उनले आफू मतदाताहरू माझ हिमाल शर्मालाई जिताउनुस् भन्न आएको तर मतदाताहरूको उपस्थितिले हिमाल शर्मालाई जिताई सकेको आफूले पाएको बताएका थिए । उनले अबको पहल बहुमतको लागी भएको बताएका छन् ।

cmअध्यक्ष प्रचण्डले कांग्रेसलाई आफ्नै बुढो रूख ढलेर किचेको र एमालेले आफ्नै नेता मदन भण्डारीलाई जोगाउन नसकेको कारणले आफै सिद्धिएको भन्दै उनीहरूले संविधान निमार्ण र देशको विकाश गर्न नसक्ने बताए । देशलाई अग्रगमनमा लैजान एकमात्र शक्ति एनेकपा माओवादी मात्र रहेको उनको भनाई थियो ।