७ जेठ, हेटौँडा ।
हेटौँडा उपमहानगरपालिका– १४ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दिपक खड्का खड्काले एक हजार २०३ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का सानु थिङले ६४१ मत प्राप्त गरे ।

यस्तै हेटौँडा– १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका महारत्न लामा एक हजार ३४३ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिल मोक्तानले एक हजार २८८ मत प्राप्त गरे ।