१९ माघ, काठमाडौं ।

१५ डिएसपी र १८ इन्स्पेक्टरसहित प्रहरी मुख्यालयबाट एक सय ९१ प्रहरी फालिने भएपछि प्रहरी मुख्यालयमा हंगामा मच्चिएको छ । तराईमा फालिनबाट जोगिन हेडक्वार्टरमा कार्यरत प्रहरीहरु हाकिमको चाकडीमा लागेका छन् ।

प्रहरी मुख्यालको अनावश्यक दरबन्दी कटौती गर्ने योजना अन्तर्गत योजना अन्वेषण निर्देशनालयको सिफारिसअनुसार विभिन्न विभागको दरबन्दी कटौती गरेर तराईका जिल्लामा समायोजनक गर्न लागिएको हो ।

हेडक्वार्टरमा आनन्दको जागिर खाइरहेकोमा तराईमा १६ घन्टा डिउटी गर्नुपर्ने चिन्ताले गर्दा हेडक्वार्टरमा यतिबेला चाकडी बढेको हो । हेडक्वार्टरबाट ५ प्राविधिक र १० जना प्रशासनतर्फका छन् । तराईका १० वटा जिल्लामा डिएसपीको दरबन्दी थप हुँदैछ । दृष्टि साप्ताहिकमा खबर छ ।

यो पनि पढ्नुस्।

बिहारमा उपेन्द्र र महतो !

०४१ सालमै हावाबाट बिजुली

पौडेललाई मनाउन दुवै पक्षबाट आकर्षक प्रस्ताव

मधेसी मोर्चाले नाकाबन्दी नखोल्नुको रहस्य खुल्यो

कांग्रेस सभापतिमा सुशील उठ्ने !