१६ जेठ, एजेन्सी । बच्चा जन्मिएपछि चिकित्सकहरु उसलाई रुवाउँन विभिन्न प्रयास गर्छन् । समान्यतया भर्खरै जन्मिएको बच्चा आँखा पनि खोल्न सक्दैन । जन्मिएपछि ९ महिनादेखि बच्चाले हिड्ने प्रयत्न गर्छ ।

तर, यो बच्चालाई देख्दा सामान्य मानिस जन्मिएको भन्ने लाग्दैन, शक्तिमान वा स्वयम भगवान प्रकट भएको जस्तो लाग्छ । बुद्ध धर्मका प्रवद्र्धक सिद्धार्थ गौतम पनि जन्मिए लगत्तै सात पाइला हिडेको भन्ने कथा छ ।

भिडियोमा देखिएको छ, आमाको गर्भबाट निस्किँदै बच्चा चिकित्सकको हातको साहाराले हिड्ने प्रयास गरिरहेका छन् । सुन्दा केही अचम्म लाग्न सक्छ, तर भिडियोलाई हेर्नुहोस् तपाई फेरि अचम्ममा पर्नुहुन्छ । अहिले यो भिडियो निक्कै भाइरल बनिरहेको छ ।