६ कात्तिक, खोटाङ ।

भारतीय राजदूत रञ्जित रायले खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीको दर्शन गरेका छन ।

शनिबार हेलिकप्टरबाट हलेसी आएका राजदूत रायले दर्शनसँगै हलेसीका प्राकृतिक सुन्दरताको अवलोकनसमेत गरे ।

Indian Ambassador for Nepal Ranjit Rae

मन्दिरभित्र आधा घन्टा बिताएर बाहिरिएका रायले केही समय स्थानीयवासीसँग छलफलसमेत गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए । हलेसी आएका रायले दर्शन एवम् हलेसीको अवलोकन गरेर हेलिकप्टरबाटै फर्किएका छन ।

भारतीय राजदूतको आगमनले हलेसीमा भारतीय दर्शनार्थी एवम् पर्यटक बढ्ने उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्व अध्यक्ष खुसनारायण सैँजूले दाबी गरे । भौगोलिक रुपमा विकट खोटाङको हलेसीमा दैनिकजसो हेलिकप्टरमा देश तथा विदेशबाट पर्यटक आउने गरेका छन् ।