काठमाडौं, २५ असार ।

प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ।

हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन्।

एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने,‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन्। जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ।’ उनका अनुसार धेरैजसो फोन बच्चाको आउने गरेको छ।

कर्मचारीले रिसिभ गर्दा उनीहरुले सोध्छन्,‘ बाबा तपाई कहिले आउनुहुन्छ ?’ उपसचिव उपाध्यायको अनुमानमा बच्चाहरुले बाबुसँग गफ गर्न खोजेका तिनका आमाहरुले हेल्लो सरकारमा फोन लगाएर बच्चालाई दिन्छन्।

धेरै मध्ये यस्ता बच्चाका बाबु विदेश रहेको अनुमान गर्न सकिन्छ। एकाईले बारम्बार ‘ब्लफकल’ गर्नेलाई कारबाही गर्नेबारे सोचे पनि व्यवहारिक रुपमा सम्भव नहुने भएपछि त्यसबारे केही निर्णय गरेको छैन। कान्तिपुर दैनिकमा खबर छ।