१९ माघ, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने योजना सुनाउँदा धेरै अचम्म माने । आलोचना मात्र भएन, हास्यपात्र पनि बनाउन खोजियो । तर, मुस्ताङवासीका लागि भने हावाबाट बिजुली नौलो विषय होइन ।

mustang

‘प्रधानमन्त्रीको योजनालाई विश्वास नगर्नेहरु मुर्ख हुन्,’ कागवेनी ७ का धारा गुरुङले भने, ‘सरकारले संरक्षमा मात्र गरेको भए मुस्ताङमा हावाबाट बिजुली बल्ने थियो ।’

मुस्ताङमा ०४१ सालमै हावाबाट बिजुली निकालिएको थियो । हावाले घुमाउने पंखाबाट ४० किलोवाट उत्पादन हुन्थ्यो । तर, संरक्षण र मर्मत नहुँदा बन्द भयो । आजको कान्तिपुर दैनिकका लागि विनोद त्रिपाठीले खबर लेखेका छन् ।