एजेन्सी।

सानो भुमिकाबाट करिअर सुरु गरेर आज सिनेमा जगतको दुनियाँमा उचाई हासिल गर्ने थुप्रै कलाकार भेटिन्छन्। दक्षिण भारतीय फिल्मका चर्चित अनुहार मध्येका कमेडियन ब्रह्मानन्दम त्यस्तै एक पात्र हुन। उनी भारतको आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लामा सन् १९५६ फेब्रुअरी १ मा जन्मेका थिए।

brahmanandam-1353607

गरिब परिवारमा जन्मेका उनी परिवारमा एमए सम्म पढ्ने एक मात्र थिए। अत्तिल्ली नामको एक कलेजमा उनले पढाउन सुरु गरे। पढाउँदा पनि विद्यार्थीहरु बीच क्यारिकेचर गरि हसाउँने गर्थे।

एक पटक उनले अन्तर कलेज प्रतियोगितामा ‘बेस्ट सोपोर्टिङ आर्टिस्ट’ को पुरस्कार पाए। त्यस पछि उनको रुची अभिनय तिर बढ्यो। ‘मोद्दाबाई’ नामको नाटक गर्दा उनको अभिनयले एक तेलुगु निर्देशक प्रभावित भएछन्। उनले ‘चन्ताबाबाई’ नामको एक फिल्म ब्रह्मानन्दमलाई अफर गरे। फिल्ममा ब्रह्मानन्दमको निकै छोटो भुमिका थियो। यसै फिल्मबाट ब्रह्मानन्दमको फिल्मी करिअर सुरु भयो।

जन्धयाला नाम गरेका ती निर्देशकले दोस्रो फिल्म अफर गरे। ‘आहा न पेल्लानता’ नामको सो फिल्ममा ब्रह्मानन्दमको अभिनयको निकै तारिफ भयो। उनी चर्चाको पात्र बने। अहिले सम्म ब्रह्मानन्दमले १००० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।

गिनिज बुकमा दर्ता

ब्रह्मानन्दमको नाम गिजिन बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ। यो रेकर्ड सन् २००७ मा एकै भाषामा ७०० भन्दा बढी फिल्ममा अभिनय गरेकाले दर्ता गरिएको थियो। तीन दशक भन्दा लामो फिल्मी करिअरमा उनले अधिकांस चर्चित फिल्म दिए। जसमा केही फिल्म ‘अहा ना पेल्लानता’, ‘अप्पुला अप्पा राव’,किंग’, ‘रेड्डी’, ‘रच्चा’ ‘आर्या 2’ और ‘बपालू’हुन।

१ करोड पारिश्रमिक

ब्रह्मानन्दमले सन् २०१५ जुलाई देखि आफ्नो पारिश्रमिक बढाएर १ करोड रुपैया भारु पुर्याएका छन्। आफुले खेलेका फिल्म हिट हुनु र आफ्नो चर्चाको कारण उनले आफ्नो पारिश्रमिक बढाएका हुन।

नाम कसरी रह्यो?

साउथका हरेक फिल्ममा देखिने कमेडी अनुहार हुन ब्रह्मानन्दम। तर उनलाई आफ्नो नाम किन ब्रह्मानन्दम किन राखियो थाहा छैन, न उनलाई उनका पिताले नै यसबारेमा कारण खोले। उनी भन्छन्, ‘मेरो नामको मतलव हो ‘ब्रह्माण्डको खुसी’ अर्था ब्रह्माण्डको आनन्द।’

यो पनि पढ्नुस्:

गिनिज बुकमा नेपाली युवकको १३ औं रेकर्ड

गिनिज बुकमा २०१६ को लागि दर्ता गराइएका ११ रेकर्ड – तस्बिर सहित

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाइन् विश्वकै कान्छी आरोहीले

अनौठा रेकर्ड गिनिज बुकमा, नेपाली पनि सामेल