१८ कात्तिक, चितवन ।

द्वन्दकालमा अत्यन्त चर्चित बनेको माडीमा माओबादी केन्द्र अध्यँक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक चुनावी सभामा सम्बोधन गर्दैछन् । शान्ती प्रक्रियामा आएको ११ बर्षपछि औपचारिक रुपमा माओवादीले आयोजना गरेको कार्यक्रममा पहिलो पटक प्रचण्ड सहभागि भएका हुन् ।

वि.स. २०६२ जेष्ठ २३ गते माडीको बादरमुढेमा सार्वजनिक बसमा बम विस्फोट भए पछि अत्यन्तै आलोचित बनेको माओवादीले अध्यक्ष प्रचण्डलाई माडीमा ल्याएर कार्यक्रम गरेको थिएन् । मंसिर २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवार बनेको प्रचण्डले चितवनमै पहिलो सभा माडीमा गर्न लागेका हुन् ।

आजको सभालाई प्रचण्डको आगामी भविष्यसगँ पनि जोडिएको छ । प्रचण्डले माडीमा दिवाकर–तिर्थकुमारी भुषाल स्मृति प्रतिष्ठानले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन गर्ने छन् भने माओवादीले आयोजना गरेको चुनावि सभा पार्टी प्रवेश कार्यक्रमलाई पनि सम्बोधन गर्ने छन् । स्थानिय पार्टीले प्रचण्डको स्वागतका लागि चोक–चोकमा तुल ब्यानर टाग्नुका साथै सलामीका लागि युवाहरुको दस्ता समेत तयारी अवस्थामा राखेको छ ।

तत्कालिन अवस्थामा जनयुद्धको निति तयार गरेको सो विस्तारित बैठक माडीकै सितलपुरमा भएको थियो । त्यसयता पार्टीको कार्यक्रममा पहिलो पटक प्रचण्ड आज माडी आउने भएपछि सबैले चासोको रुपमा हेरेका छन् । सो सभामा नेकपा एमालेका स्थायी कमिटी सदश्य एवंम चितवन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डे र क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोख्रेल समेत सहभागि हुदैछन् ।