भारतको हरियाणामा बस्ने १६ वर्षिय दिपकलाई ११ हजार भोल्टको विजुलीले समेत असर गर्दैन, जबकी यो विजुलीले ५०० भन्दा बढी घरलाई उर्जा दिन सक्छ। २,७०० भोल्टको एक झड्काले सामान्य मानिसको ज्यान लिन सक्छ।

deepak electric man (1)

३ वर्ष पहिले घरको हिटर बनाउने क्रममा बलिराखेको हिटरको तार छुँदा पनि करेन्ट नलागेको थाहा पाएपछि दिपक आफै छक्क परेका थिए। अब ११ हजार भोल्ट बिजुली पनि उनी सजिलै सहन गर्न सक्छन्।

deepak electric man (2)

‘भगवानले दिएको उपहार, म निकै भाग्यमनी सम्झन्छु’, दिपक अन्यले गर्न नसक्ने यो काम प्रति खुसी हुदैन भन्छन्, ‘म यो शक्ति गुमाउन चाहन्न।’

deepak electric man (3)

दिपक केरन्ट बगिरहेको नाङगो तारलाइ जिब्रोमा समेत राख्न सक्छन। पानीमा करेन्टको तार राखेर हात हाल्न सक्छन्।

deepak electric man (4)

जब उनले आफ्ना शिक्षकलाइ यो अनौठो खुबीको बारेमा भने तब उनलाई डाक्टरलाई देखाउन सुझाव आएको थियो। सल्लाह मानेर डाक्टरकोमा दिपक पुगे पनि। डाक्टरले हेरे, रगत चेक गरे तर केही पनि अस्वभाविक भेटेनन्। यस पश्चात उनका शिक्षकले समेत दिपकले नाङ्गो तार समातेको तस्बिर लिन लागे।