२२ साउन, भोजपुर ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उत्तरी षडानन्द नगरपालिका –७ केउरेनीपानीमा १२ वर्षकी बालिकालाई करणी गरेको आरोपमा शान्त भनिने ३१ वर्षिय मेघराज श्रेष्ठ पक्राउ गरेको हो ।

श्रेष्ठले गत ९ गते बालिकालाई घर छेउमा रहेको गोठमा करणी गरेको प्रहरीले जनाएको छ । उनी मामाघरमा बस्दै आएकी थिइन् । श्रेष्ठलाई १८ गते पीडित बालिकाको परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरीएको हो ।

जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परिक्षणपछि बालिकालाई परिवारको जिम्मा लगाइएको प्रहरीको भनाई छ । श्रेष्ठलाई जर्वजस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

स्थानिय जनप्रतिनिधीको उपस्थितिमा गाउँमै मिलाउने कोशिस गरेकोले पछि मात्र पीडित परिवार प्रहरीमा गएको स्रोतले जनाएको छ ।