एजेन्सी ।

भारतीय फिल्म उद्योगमा श्रीदेवी एक यस्ती अभिनेत्री हन्, जसले लेडी अमिताभ बच्चन उपाधि जितिसकेकी छिन् । श्रीदेवीले आफ्नो करिअरको सुरुवात ४ बर्ष हुँदादेखि नै सुरु गरेकी थिइन् ।

अनि १३ बर्षकै उमेर आमा बनिन् श्रीदेवी भन्दा छक्क परिन्छ ।  श्रीदेवीले सन् १९७६देखि १९८२सम्म धेरै तमिल र तेलुगु फिल्ममा रजनीकान्त, कमल हसनजस्ता सुपरस्टारसँग काम गरिन् ।

१३ बर्षको हुँदा श्रीदेवीले एक फिल्ममा रजनीकान्तकी आमाको भूमिकामा देखिएकी थिइन् । यो एक तमिल फिल्म हो, जसको नाम ‘मूंदरु मुदिचू’ थियो । रजनीकान्त सुपरस्टार थिए त्यस समय, तर जब यो फिल्म रिलिज भयो रजनीकान्तभन्दा बढी श्रीदेवीको चर्चा भयो । यसरी फिल्ममै भएपनि श्रीदेवी १३ बर्षकै उमेरमा आमा बनेकोमा चर्चा भएको थियो।

विवाह गरेको १५ बर्षपछि श्रीदेवीले फिल्म ‘इंगलिश विंग्लिश’बाट ठूलो पर्दामा फेरि कमब्याक गरिन् । यस फिल्ममा श्रीदेवीले निभाएको भूमिकालाई लिएर उनले निक्कै प्रशंसा बटुलेकी थिइन ।