२४ मंसिर, एजेन्सी।

मुम्बइ उच्च अदालतले १३ वर्ष पुरानो ‘हिट एण्ड रन’ केसबाट सलमानलाई मुक्त रेको छ। सेंसन्स अदालतले सलमानलाई पाँच वर्षको सजायँ सुनाएपछि सलमानले सजायँ विरुद्ध उच्च अदालतमा अपिल गरेका थिए।

salman-khan emotional

सलमानलाई लगाइएको कुनै आरोपको पर्याप्त प्रमाण नभएपछि अदालतले सलमानलाई आरोप र सजायँ मुक्त गरेको हो।

सन् २००२ मा मुम्बइमा सलमानको तेज गतिको गाडीको ठक्करबाट फुटपाथमा सुतिरहेका मध्ये एकको मृत्यु भएको थियो।

सन् २००७ मा क्षयरोगबाट मृत्यु भइसकेका रविन्द्र पाटिल सलमान खानको सो बखत बडिगार्ड थिए। उनलै सलमान विरुद्ध बयान दिएका थिए। तर सो बयान पर्याप्त नभएको र सलमान विरुद्ध कुनै प्रमाण नभेटिएको अदालतले ठहर गरेको छ।

आरोपमुक्त भएपछि सलमान अदालतमै इमोशनल भएको भारतिय मिडिया बताउँछन्।

सम्बन्धित समाचार। सलमान खानलाई पाँच वर्ष जेल सजायँ? आज हुदैछ फैसला