बलिउडकी नायिका काजोलले अजय देवगनसंग तब विवाह गरेकी थिइन जब उनको एक्टिङ करिअरले धमाका गर्दै थियो। १७ वर्ष पछि, अब काजोलले बताएकी छिन् की उनले यस्तो किन गरिन। एक अन्तर्वार्तामा उनले खुलासा गरेकी छिन् कि उनी जिन्दगी अनि करिअरमा सन्तुलन चाहन्थिन।kajol ajya devgan 11312828

उनले भनिन, ‘मैले काम गरेको करिब ९ वर्ष भइसकेको थियो। हरेक वर्ष ४-५ फिल्म आइरहेको थियो। मसंग सबैकुरा थियो, पैसा, इज्जत अनि सफलता तर आफ्नै लागि समय थिएन न सन्तुष्टी थियो। एक ठूलो फैसला लिने त्यहि सही समय थियो। अनि मैले तय गरेकी अब विवाह गर्नेछु अनि वर्षमा एक भन्दा बढी फिल्ममा अभिनय गर्नेछैन।’kajol ajya devgan 8393218

विवाहको कुरा गर्दा गर्दै उनले आफु अभिनयमा कसरी आइन पनि बताइन। उनले भनिन, ‘निधारमा आपसमा जोडिएका बाक्लो आंखी भौँको साथमा स्क्रिनमा देखिने फैसला लिन सजिलो थिएन। मेरो साथी मिकीले मेरो हौसला बढाएर भरोसा दिलाएर बाँकी हिरोइनभन्दा अलग देखिन्छ अनि दर्शकले मन पराउँछ भनेका थिए।’

२ अप्रिल, १९६९ मा जन्मेका अजयले बलिडकी काली सुन्दरी काजोलसंग विवाह गरे। २४ फेब्रुअरी, १९९९ मा जो जोडीको विवाह भएको थियो। कुनै समय यी दुवै अन्यसंग सम्बन्धमा थिए।kajol ajya devgan 9432418

अजयको साथ पहिलो पटक सुटिङ गर्दा (फिल्म हलचल) नै काजोललाई लागेको थियो कि यो व्यक्तिले आफ्नो जिन्दगीमा महत्वपूर्ण भुमिका खेल्नेछ। तर, सो समयमा काजोल अनि अजय दुवै अन्यसंगै रिलेसनमा थिए। काजोल-अजय साथी थिए। काजोलले आफ्नो लभ-लाइफ बारे अजयसंग सल्लाह लिने गर्थे। अजय पनि सहजै काजोललाई सल्लाह दिन्थे।

अजय पहिले निकै कम बोल्थे, एक्लै बस्न रुचाउँथे। कालोज विस्तारै नजिकिइन। यी दुई बिच कुराकानी बढ्न थाल्यो।kajol ajya devgan 1046478

फिल्म हलचल पछि दुवैले संगै, ‘इश्क’, ‘प्यार तो होना ही था’, ‘दिल क्या करे’, ‘राजू चाचा’ र ‘यू मी और हम’ फिल्म खेले। समयसंगै दुवै बीच प्रेम भयो अनि अन्तत: विवाह गरे। काजोल र अजयको छोरी न्यासा र छोरा युग छन्।

यो पनि पढ्नुस्।
काजोल सहित अहिले गोरी बनेका पहिलेका ९ काली बलिउड नायिका