२० फागुन, काठमाडौं ।
स्थानीय तह पुनर्संरचना आयोगले १९ वटा थप गरी स्थानीय तहको संख्या ७ सय ३८ बनाउन प्रस्ताव गरेको छ । यसअघि ७ सय १९ तह रहेकोमा तराईमा १७ र पहाडमा २ थप गरी ७ सय ३८ प्रस्ताव गरिएको छ ।

तीन पटक म्याद थपेर तयार पारेको प्रतिवेदन आयोगले आजै सरकारलाई बुझाउने तयारी गरेको छ । आयोगलाई दिइएको समय आजै सकिदैछ । प्रस्ताव अनुसार अव प्रदेश नम्बर २ तराईका का ८ जिल्लामा स्थानीय तहको संख्या १७ थप गरि एक सय २३ हुनेछ ।

प्रदेश नम्बर २ अन्तर्गत धनुषामा ४, सप्तरीमा ४, सिरहामा ३, बारा र पर्सामा २–२ तथा महोत्तरी र सर्लाहीमा १–१ तह थप्न प्रस्ताव गरिएको छ । त्यस्तै मनाङमा र बझाङमा १–१ थप गर्न सुझाव दिइएको आयोगले जनाएको छ ।

यसअघि बालानन्द पौडेल संयोजकत्वको आयोगले ७ सय १९ स्थानीय तहको प्रस्ताव गरेको थियो । तर उक्त प्रस्तावमा मधेसी मोर्चाले असहमती जनाए पछि सरकारले स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा आयोग गठन गरेको थियो । आयोगमा उद्योग मन्त्री नविन्द्रराज जोशी र वाणिज्य मन्त्री दीपक बोहरा सदस्य छन् ।

पौडेल नेतृत्वको आयोगले ७ सय ४४ मा बढाउन नहुने गरी दिएको सुझावकै आधारमा बढाउन प्रस्ताव भएको पाण्डे नेतृत्वको आयोगको भनाई छ ।