७ असोज, काठमाडौं । प्रदेश नं २ का १ सय ३६ स्थानीय तहमध्ये अहिलेसम्म १ सय १० स्थानीय तहको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

अव २६ स्थानीय तहको मात्र अन्तिम नतिजा आउन बाँकी छ । अहिलेसम्म मतपरिणाम सार्वजनीक भएकामा नेपाली कांग्रेसका ३३ सिट जितेर सबैभन्दा अगाडि छ । संघीय समाजवादी फोरम २१, माओवादी केन्द्र र राजपा समान १९/ १९ स्थानमा विजयी भएका छन् भने पाँचौ स्थानमा रहेको नेकपा एमालेले १२ सिट जितेको छ ।

यस्तै नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दल २ र नयाँ शक्तिका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन् । मतपरिणाम आउन बाँकी २६ स्थानीय तहमध्ये मतगणना भइरहेका २५ स्थानीय तहमा नेपाली काँग्रस र नेकपा एमाले समान ८/८, राजपा र माओवादी केन्द्र समान ४/४ र संघीय समाजवादी फोरम एक स्थानमा अगाडि रहेको छ ।

सप्तरीको राजविराज नगरपालिकामा मतगणना स्थगित भएको छ ।