११ फागुन, काठमाडौं । गृह मन्त्रालयले २० जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)हरुको सरुवा गरेको छ ।

गृहमन्त्री स्तरीय बैठकले सोमबार गरेको निर्णय दुई दिन पछि आज सार्वजनिक गरिएकाे हो ।

प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा रहेका महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रकाश अर्याललाई प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, बमबहादुर भण्डारीलाई प्रहरी प्रधान कार्यालय विशेष ब्युरोबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ ।

जयबहादुर चन्दलाई प्रमुख (आइजीपी) बनाइएको विरोधमा अदालतमा मुद्दा हालेका डिआईजी नवराज सिलवाललाई भने सरुवा गरिएको छैन । (हेर्नुस् सरुवा भएका डिआइजीहरुको सूची )