२७ कात्तिक, सुनसरी । धारिलो हतियार प्रहार गरी सौताको हत्या गरेको अभियोगमा सुनसरीमा एकजना पक्राउ परेकी छन् । चक्करघट्टा गाउँपालिका–४ बस्ने ३५ वर्षीया कोरैसा खातुनलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिवादको कारण २२ वर्षीया सौता खुर्सिदा खातुनलाई कोरैसाले धारिलो हतियारले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले कोरैसालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।