५ जेठ, काठमाडौं ।
वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनका २३८ स्थाीय तहको परिणाम सार्वजनिक भएको छ । प्रदेश नम्बर ३ ४ र ६ को २८३ स्थानीय तहमा भएको निर्वाचनमा अहिलेसम्म २३८ स्थानीय तहको मतपरिणाम आएको छ भने बाँकी ४५ स्थानीय तहको परिणाम आउन बाँकी छ ।

स्थानीय तहको निर्वाचनमा सुरुदेखि नै अग्रता कायम गरेको नेकपा एमालेले नै अहिलेसम्म अग्रता कायम गरेको छ । एमालेले अहिलेसम्म ९६ स्थानीय तहमा विजयी हासिल गरेको । त्यसैगरी नेपाली कांग्रेसले ९२ स्थानीय स्थानीय तहको निर्वाचनमा विजयी गरेको छ भने नेकपा माओवादी केन्द्रले ४४ स्थानीय तहको निर्वाचनमा जित हासिल गरेको छ । स्थानीय तहतको निर्वाचनमा राप्रपाले एक, नयाँ शक्ति १ र स्वतन्त्र उम्मेदवारले चार स्थानीय तहको निर्वचनमा विजयी हासिल गरेका छन् ।

स्थानीय तहमा अग्रता लिएको नेकपा एमाले काठमाडौं, भतरपुरमा र पोखरा महानगरपालिकामा अग्रता लिएको छ । ललितपुर महानगरपालिका र हेटौडा उपमहानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

यो पढ्नुस्।

गोरखा कांग्रसमय, एमाले र नयाँ शक्तिको पत्तासाफ !