२० फागुन, एजेन्सी ।

मोजाम्बिकको समुद्री क्षेत्रमा विमानका भग्नावशेष फेला परेपछि यो विमान २ वर्ष अघि मलेसियाबाट उडेर हराएको विमान हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

बोइल ७७७ विमानको भग्नाबशेष फेला परेपछि उक्त विमान २ वर्ष अघि वेपत्ता भएको मलेसियन एयरलाइन्सको MH370 विमान हुन सक्ने अनुमान गरिएको हो । यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।

विमान भेटिएको समाचार हिँजो राति संसारभरी ब्रेकिङ न्यूज बनेको थियो ।

MH 370 plane 1
माडागास्करको पूर्वी अफ्रिकी क्षेत्रमा पर्ने समुन्द्रमा फेला परेको उक्त भग्नावशेष सन् २०१४ मा क्वालालम्पुरबाट बेइजिङ जाने क्रममा वेपत्ता भएको विमानको भएको अनुमान छ ।

अष्ट्रेलियन ज्वाइन्ट एजेन्सी कोअर्डिनेसन सेन्टरले यसबारे जानकारी पाएपनि यो उक्त विमानको भग्नावशेष भए नभएको पुष्टि हुन बाँकी रहेको बताएको छ । यस अघि पनि विमानबारे विभिन्न तस्विर सार्वजनिक भएका थिए ।

MH 370 plane 2

मलेसियाका यातायात मन्त्री उक्त भग्नावशेष मलेसियाली बिमानकै हुन सक्ने बताएका छन् ।

कतिपयले यी तस्विर पनि यस अघीका जस्तै अर्को सनसनीमै अन्त्य हुने र संसारभरी हेडलाइन बनेका समाचार स्वत हराउने अनुमान पनि गरेका छन् ।

२३९ सवार विमान मार्च ८ मा क्वालालम्पुरबाट बेइजिङ तर्फ जाँदै गर्दा बिचबाटै हराएको थियो । विमान भेटाउनका लागि हाल सम्मको खोजी ब्यर्थ सावित भएको छ । विमान हराएपछि विभिन्न देशका टोलीले गरेको खोजीका क्रममा अर्वौं डलर खर्च भैसकेको छ ।

MH 370 plane 3

२३९ जना सवार विशाल जेट विमान यसरी रहस्यमय ढंगले हराएपछि यसका विषयमा विभिन्न अफवाह र नयाँ नयाँ दावीहरु सार्वजनिक भैरहेका छन् ।

हराएको विमानबाट डाटा सेन्टरसँग मजाक गरिएको खुलासा

हराएको विमानबारे मलेसियाले बोली फेर्यो, पाइलटले बोलेका अन्तिम शब्द सार्वजनिक

हराएको विमानमा रहेका यात्रुका आफन्तलाई मिडिया सेन्टरबाट धकेलेर निकालियो (तस्विर सहित)