१२ भदौ, इटहरी।

नेपाल आदीवासी जनजाती महासंघका पुर्व अध्यक्ष राजकुमार लेखीले कैलालीमा भएको घटनामा अखण्ड सुदुरपश्चिमको नाममा २,४ सय भिजिलान्ते प्रयोग गरेर थारुको आन्दोलन तुहाउने दुस्साहस भएको बताएका छन् ।

rajkumar lekhiइटहरीमा पत्रकारसँग कुरा गर्दै उनले काँग्रेस, एमाले र एमाओवादीका ७ जना नेताको नामै तोकेर उनिहरुले नै टीकापुर घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै तीनै नेता मधेसमा आए भौतिक कारवाहिमा उत्रिन समेत आफ्ना कार्यकर्तालाइ निर्देशन दिए ।

लेखीले नेपाल सरकारलाई निकम्मा भन्दै हिम्मत भए थरुहट सयुंक्त संघर्ष समितीका संयोजक धनिराम चौधरी लाई सरकारी जागिरबाट निलम्बन गर्न चेतावनी दिए । उनले चौधरी र आफुलाई पक्राउ गरेर देखाउन समेत नेपाल सरकार र गृहमन्त्री वामदेव गौतमलाई चुनौती दिए ।

मानव अधिकारकर्मीले विदेशी डलर खाएर आफ्नो स्वार्थ सिद्ध गर्न तर्फ लागेको भन्दै थारु आन्दोलनको वेला उनिहरु आए कठालो समातेर निकाल्न समेत लेखिले निर्देशन दिए ।

अधिकांश समय नेपाल सरकार र शीर्ष नेताको गालीमा समय खर्चेका उनले चाँडै थरुहट भुगोलमा भएका सरकारी कार्यलय कब्जा गर्ने समेत बताए । वार्ताका लागि सिँहदरवारमा नबस्ने भन्दै कैलाली कञ्चनपुरमा भए आफुहरु वार्तामा वस्न तयार रहेको समेत लेखीले बताए ।