हलिउड कलाकार चार्ली शीनले हालसालै आफु एचआइभी सङ्क्रमित भएको खुलासा गरेका छन्। एनबीसी नेटवर्कको एक लाइभ कार्यक्रमको क्रममा उनले आफु एचआईभी पोजेटिभ भएको सार्वजनिक गरेका हुन।

charlie sheen

मिडियाको रिपोर्ट अनुसार, पछिल्लो दुइ वर्षमा चार्लीको सम्बन्ध करिब २०० महिलासंग थियो, तर उनले कसैलाई पनि आफ्नो यो बिमारीको बारेमा भनेनन्। यहि कारणले उनका पुराना अनि अहिलेका गर्लफ्रेन्डहरु निराश बनेका छन्।

एक अंग्रेजी पत्रिकामा छापिएको खबर अनुसार, पोर्न स्टार ब्री ओल्सन र नताली केन्ली सन् २०११ मा शीनसंग उनको लस एन्जलस स्थित घरमा संगै बस्दथे। यी दुवै शीनका गर्ल फ्रेन्डलाई समेत शीन एचआइभी संक्रमित भएको थाहा थिएन।

ओल्सनको अनुसार, शीनले कहिले काँही राती पसिना आउने र टाउको दुख्ने गरेको भन्ने गरेका थिए। केन्लीले भने शीनलाई चेकजाँच गर्न डाक्टर आउने गरेका तर डाक्टरसंगको कुराकानी बन्द कोठा भित्र हुने गरेको बताएकी थिइन।

ओल्सन, केन्ली लगायत अन्य ६ महिलाले शीनको विरुद्ध मुद्धा हालेका छन्। असुरक्षित यौनसम्पर्क गराएको भन्दै उनीहरुले मुद्धा हालेका हुन।

टिभी सिरिज ‘टु एन्ड हाफ म्यान’ बाट निकै चर्चित बनेका शीनलाई सन् २०११ मा यो सिरियलबाट निकालिएको थियो।

उनले आफुलाई ४ वर्ष देखि एचआइभी भएको समेत बताएका थिए। उनको यो अवस्था थाहा पाएका मानिसलाई पैसा दिदैँ सार्वजनिक नगर्न बताएको समेत उनले खुलासा गरे। सङ्क्रमण भएको थाहा हुँदा पनि वर्षौ असुरक्षित सम्पर्कमा रहेका चार्ली विरुद्ध अहिले उनका गर्लफ्रेन्ड लागिपरेका छन्।

चार्लीका केही चर्चित गर्लफ्रेन्ड

डेनिस रिचर्ड्स

charlie sheen girlfriends (2)

कैपरी एंडरसन र मेलानी रिओस

charlie sheen girlfriends (3)

तमारा बेकविथ

charlie sheen girlfriends (4)

केली प्रेस्टन

charlie sheen girlfriends (5)

रॉबिन राइट

charlie sheen girlfriends (6)

ब्रोक मुलर

charlie sheen girlfriends (1)

डोना पीले

charlie sheen hiv (7)