१९ कात्तिक, एजेन्सी । भारतको उत्तरप्रदेशस्थित जौनपुर जिल्लामा एक व्यक्तिले शर्त पुरा गर्ने चक्करमा आफ्नो ज्यान गुमाएका छन् । उसले साथीसँग एकपटमा ५० वटा अण्डा खाएमा आफूलाई २ हजार रुपैयाँ दिनुपर्ने शर्त राखेको थियो ।

शर्त अनुसार युवकले अण्डा खान शुरु गरे । तर ४२ वटा अण्डा खाएपछि उनी बेहोस भए । बेहोस भएका उनलाई तुरुन्त जिल्ला अस्पताल पु¥याइयो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई लखनउ रिफर गरियो । लखनउ पुगेर उपचार गराएका उनको उपचारको क्रममा मृत्यु भएको छ ।

मृतकको साथीले मृत्युको कारण अण्डा खानु भनिरहेका छन्, उता परिवारले भने उनको मृत्यु मस्तिस्कघातको कारण भएको जनाएको छ । सुवास यादव नाम गरेका मृतक ड्राइभरको काम गर्थे । प्रहरीले यस विषयमा मिडियामार्फत जानकारी पाएको बताउँदै घटनाको विषयमा कुनैपनि उजुरी नपरेको स्पस्ट पारेको छ ।