७ भदौ, काठमाण्डौ ।

नेपाल र भारतबीच रक्सौल—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको छ । संझौतामा नेपालका बाणिज्य तथा आपुर्ति मन्त्री सुनिलबहादुर थापा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले आज हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री प्रधानले भारतीय आयल निगम र नेपाल आयल निगमको वषौंदेखिको प्रयासले मुर्तरुप लिएको प्रतिकृया दिए । उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला गरेको बाचा पुरा हुने भन्दै पाइपलाई निर्धारित समयमा सकाउन भारतको तर्फबाट कुनै कमजोरी नहुने प्रतिवद्धता जनाए ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आएको बेला पाइपलाइन निर्माणसम्बन्धी सम्झौता गर्ने सहमती भएको थियो ।

यस्तै नेपालका बाणिज्य तथा आपुर्ति मन्त्रि थापाले नेपालको लागि सम्झौता एउटा महत्वपुर्ण कडी भएको प्रतिकृष दिए । उनले नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनबिचको बषौंदेखिको ब्यापारिक सम्बन्ध र सहकार्यलाईलाई पाइपलाइन सम्झौताले अझ मजबुत बनाएको टिप्पणी गरे ।

पाइप लाइन ३० महिनामा सक्ने सम्झौतामा उल्लेख छ । निर्माणमा लाग्ने ३ अर्ब २० करोड रुपैया भारत सरकारले बेर्होनेछ । पाइप लाइन बनाइदिए बापत अबको १५ बर्षसम्म नेपालले भारतीय आयल कर्पोरेशनसँग पेट्रोलियम प्रदार्थ खरिद गर्नुपर्ने शर्त छ ।

रक्सौलदेखि अमलेखगन्जसम्मको ४१ किलोमिटर दुरी मध्ये ३९ किलो मिटर पाइपलाइन नेपाल र बाँकि २ किलो मिटर भारततर्फ पर्छ