२४ मंसिर कपिलवस्तु ।

महिला हिंसाविरुद्धको १६ दिवसीय अभियान नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म विश्वभर  मनाइने गरिन्छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीवहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रुपमा लिने गरिन्छ । एकै परिवारका तिन दिदीवहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रुपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिवसीय अभियान मनाउन थालिएको हो । सन १९९९ डिसेम्बर १७ तारिखमा संयुक्त राष्ट्र संघले महिलामाथि हुने हिंसा विरुद्धको दिवसको रुपमा नोभेम्बर २५ लाई मनाउन थालेपछि १६ दिवसीय अभियानले निरन्तरता पाएको हो । नेपालमा यस अभियानको थालनी सन् २००४ देखिमात्र भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्यांक हेर्दा महिलामाथि हुने हिंसाको घटना भयानक देखिन्छ  । तर पनि ३ वर्षको समिक्षा गर्दा क्रमश घटेको पाइन्छ । तथ्यांक हेर्दा ०७०। ०७१ मा घरेलु हिंसा २१४, लैंगिक हिंसा २ सय ६३ रहेका छन । जसमा घरेलु हिंसाका २ सय २१  र लैंगिक हिंसाका १ सय ९९ उजुरीलाई मेलमिलाप गराईएको छ । त्यस्तै ०७१ । ०७२ मा १ सय ७६ घरेलु हिंसा र १ सय ४९ लैंगिक हिंसा रहेका छन जस मध्ये घरेलु हिंसाका १ सय ८ र लैगिंक हिंसाका ९४ उजुरीहरु मिलाईएको छ ।

यस्तै गरि ७२ । ७३ मा घरेलु हिंसाका ४५ र लैंगिक हिंसाका ४२ उजुरी परेका छन । ति मध्ये घरेलु हिंसाका २४ र लैंगिक हिंसाका १३ वटा उजुरी मेलमिलाप भएको पाइएको छ ।  कार्यालयमा आउने उजुरीहरु विगतमा भन्दा कम आएको प्रहरी उपरिक्षक विष्णु प्रसाद केशीले वताए । विभिन्न संघसंस्थाले गरेको सचेतीकरण र प्रहरीको सक्रियताले महिला माथि हुने हिंसाका उजुरीहरु घटेको उनको वुझाई छ ।

प्रहरीमा आउने उजुरीहरु मेलमिलाप हुनुलाई सकारात्मक रुपले लिनु पर्ने उनको वुझाई छ । जिल्लामा आएका घरेलु हिंसाको मुद्धा दर्ता गरि कारवाहि गर्ने निकाय प्रहरी नभएकोले यहा आएका उजुरीलाई मिले सम्म मेलमिलाप गराइएको प्रहरी उपरिक्षक के शीले जनाए ।  मिल्न नसकेका मुद्धाहरु सिधै अदालतमा जान सक्ने उनले वताए ।
यसरी हेर्दा विगतमा भन्दा पछिल्ला दिनमा महिला माथि हुने हिंसा केहि मात्रामा कम भएको प्रहरीमा परेको उजुरीमा देख्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालयको महिला सेलमा आउने अधिकांस उजुरीहरुमा श्रीमानले श्रीमतीलाई मदिरा सेवन गरि गालीगलौच गर्ने, खान लाउन नदिने, यातना दिने रहेको महिला सेलका प्रहरी जवान सेमकुमारी ताइजा वताउन्छिन् । उजुरी लिएर आउने पिडित र पिडक दुर्व पक्षलाई राखेर सम्झाई वुझाई  गरि मेलमिलाप गराइएको ताइजाले जानकारी दिइन् । मेलमिलाप वाहेकका उजुरीहरु प्रक्रियामा रहेको उनले प्रष्टाइन् ।
महिला तथा वालवालिका कार्यालयका प्रमुख कलावती ओझाका अनुसार महिला माथि कुनै न कुनै प्रकारका हिंसा भैरहेकोले यस तर्फ सवैको ध्यान जानु जरुरी रहेको वताइन् । महिला माथि हिंसा गर्नेलाई कडा कारवाहि भएमा मात्र हिंसा कम हुन सक्ने उनले जनाइन् । साथी संस्थाका सेल्टर संयोजक माया ज्ञवालीले संस्थामा आउने अधिकांस उजुरीहरु घरेलु हिंसाका रहेको वताउन्छिन् ।

त्यस्तै अधिकारकर्मी पुष्पा रेग्मिका अनुसार महिला माथि हेरिने दृष्टिकोण परिवर्तन र हिंसा गर्नेलाई कडा कारवाहि हुनु पर्छ । अधिकारकर्मी रेग्मिका अनुसार महिलामाथि हुने हिंसाका घटनाको रुप फेरिएको बताउँदै काम गर्ने ढाँचामा परिवर्तन ल्याउन जरुरी रहेको छ । समानता, समता, सहभागिता र शसक्तिकरणलाई मुख्य रुपमा अबलम्बन गर्नु पर्ने उनको भनाइ छ ।
राजनीतिक रुपमा नेपालले राष्ट्रपति र सभामुख जस्तो गरिमामय पदमा महिला पाएको भएपनि सामाजिक रुपमा महिलामाथि हेर्ने दृष्टिकोण नबदलिएको अधिकारकर्मी मिना परियारको भनाई छ  । प्रहरीमा आएका अधिकांश घटनालाई मेलमिलापमा लगिने भएकाले पनि पीडकको मनोवल बढ्ने गरेको उनको बुझाई छ । परियार भन्छिन्  ‘हामी पीडितलाई न्याय दिलाउन भन्दा पनि मिलेर बस्नुपर्छ भन्ने परिपाटीको विकास गराउन खोज्दैछौँ ।

यसले एकातिर पीडकको मनोबल बढ्न जान्छ भने अर्कातिर पीडितलाई सहनुपर्ने रहेछ भन्ने संस्कारको विकास गराउँछ ।’
अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार घरेलु हिंसा गर्ने जो कोहिलाई पनि ३ हजार देखि २५ हजार जरिवान र ६ महिना कैद वा दुवै सजाय हुन सक्छ । पटक पटक हिंसा गर्नेलाई दोव्वर सजाय र सार्वजनिक पद धारण गरेकोलाई थप १० प्रतिशत कानुनी सजाय हुने अधिवक्ता अर्यालले वताए ।  दीपक अनुरागी आचार्यबाट