rice३ साउन, बाजुरा । बाजुराको ११ गाविसका जनताले विमानस्थल कोल्टीमा भोक जुलुस निकाली कोल्टी डिपोमा धर्ना दिएका छन् । विगत लामो समयदेखि नेपाल खाद्य संस्थान कोल्टी डिपोमा चामल सकिएपछि चामल मागका लागि दबाब दिन कोल्टी क्षेत्रका जनताले हिजो बुधबारदेखि धर्ना दिएका हुन्।

कोल्टी ११ गाविसका जनता र कोल्टीस्थित संघसंस्थाको संलग्नतामा कोल्टीमा भोक जुलुस तथा संस्था डिपो धर्ना दिएका थिए । बाँच्नका लागि खाद्य देऊ जनताको खाद्य अधिकार सुरक्षित गर भन्ने नाराका साथ कोल्टी बजार परिक्रमा गरी डिपोमा पुगेर कोणसभामा परिणत भएको कोल्टी डिपो प्रमुख रमेशबहादुर सिंहले बताए ।

खाद्य डिपोको ढोकामा झुन्ड्इयाको भोटेताल्चाका अगाडि २ घण्टासम्म भोको पेटमा पटुका बाँधेर कोल्टीका जनता अनशन बसेका थिए । सर्वाधिक खाद्यन्न संकट भइरहने बाजुराका कोल्टी र मार्तडी क्षेत्रका अधिकांश जनता खाद्य संस्थानमा आश्रित छन् ।

कोल्टी डिपोमा सहुलियत दरको चामल सकिएको एक महिना बित्न थाल्दा पनि सरकार बाजुरेलीको खाद्य अधिकारप्रति उदासिन भएको आक्रोश स्थानीय बासिन्दाको छ । डिपो प्रमुख रमेशबहादुर सिंहका अनुसार कोल्टी डिपोमा ४५ क्विन्टल चामल मात्र मौज्दात छ, नियमित रूपमा चामल बिक्री गर्ने अवस्था छैन । ‘क्रियापुत्री र दैवी प्रकोपमा परेका मान्छे पहिचान गरी बढीमा १० किलो चामल उपलब्ध गराउँदै आएका थियौं, अब त्यो अवस्था पनि छैन’ –डिपो प्रमुख सिंहले भने ।

यता खाद्य संस्थान बाजुरा शाखा प्रमुख वासुदेव भट्टले भने जिल्लाको खाद्यन्न संकटलाई मध्यनजर गरी दुई साताअघि नै सम्बन्धित निकायमा पत्राचार गरिसककेको बताउँदै माथिल्लो निकायबाट कुनै प्रतिक्रिया नआएको गुनासो गरेका थिए । खाद्य संथान कोल्टी डिपोले सहुलियत दरको मोटो अरुवा चामल प्रतिकेजी ४० रुपियाँमा बिक्री गथ्र्यो भने खाद्य गोदाम रित्तिँदा कोल्टी बजारमा सोही गुणस्तरको चामल प्रतिकिलो ८० रुपियाँमा व्यापारीले बिक्री गरेको र सो पनि नपाइएको स्थानीय जया गिरीले बताए ।