प्रयास पराजुली
काठमाडौं । राजधानी सुन्दर र चिटिक्क हुनुपर्ने हो । सबैले कल्पना गरेको यस्तै हुन्छ । तर राजनीतिको विकासको गति गाउँको भन्दा पनि तल्लोस्तरको छ । सरकारी काम कहिले जान्छ घाम भन्ने उखान गणतन्त्रमा पनि उस्तै छ । राजधानीमा बषौदेखि निर्माण कार्य सुरु गरिएका सडकहरु अथालिङ्ग र भताभुङ्ग अवस्थामा छन् । सरकारले ठेकदारलाई भनेजति पैसा दिन्छ तर ठेकदार सरकारका कर्मचारीलाई पैसा खुवाएर समयमा काम गर्न ढिलासुस्ती गर्दै आएका छन् ।

१२ महिना नै भत्कन्छन राजधानीका सडक

राजधानीमा सडक बाहै महिना भत्किाइएका हुन्छन । कहिले सडक विस्तारको नाममा भत्काइन्छ । सडक बनि नसक्दै भत्कन थाल्छ । खानेपानीको पाइप विछ्याउनको लागि सडक नै भत्काइन्छ । तर समयमा निर्माण हुँदैन । कहिले ढल विस्तारको नाममा सडक भत्काइन्छ र महिनौ निर्माण नगरी अलपत्र छोडिन्छ । समयमा निर्माण नसक्दा घाम लाग्दा घुलो र पानी पर्दा हिलाम्य हुने राजधानीको विशेषता नै बन्न पुगेको छ ।

भुकम्पले २७ ढल खानेपानी विस्तारले १४ वटा सडक अबरुद्ध

विनाशकारी भूकम्पको कारण राजधानीमा २७ वटा सडक अवरुद्ध भएका छन् । ढल पिच खानेपालको पाइप विस्तारका क्रममा थप १४ वटा सडक सञ्चालन हुन नसक्दा राजधानीको सवारी आवत जावत जटिल बन्दै गएको छ । २७ वटा सडकमा घर भत्किएर आवत जावत गर्न नमिल्ने भएपछि सवारी साधन सञ्चलमा रोक लगाइएको छ भने १४ वटा सडकमा बाटो विस्तारको कामले गर्दा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

आर्थिक बर्षको अन्त्यमा बजेट सिध्याउनको लागि राजधानीका सडकहरुमा धमाधप पिच गर्ने, ढल हाल्ने र खानेपानीको पाइप विस्तार गर्नेक्रम चलिरहेको छ । गरिएका पिच भोलिपल्टै उकिदा पनि सरकारले अनुगमनमा ध्यान दिएको छैन् ।

stat road 1

stat road 2

भूकम्पले मात्र नभई बाटो विस्तार, ढल निर्माण र खानेपानीको पाइल विछ्याउने कामले गर्दा पनि सडक अबरुद्ध हुँदा राजधानीमा सवारी आवागमन अस्तव्स्त हुनेगरेको छ । पुतली सडकदेखि बागबजारसम्म सडकमा पिच र ढलको काम भइरहेको छ । मैतिदेवीबाट डिल्लबजार ग्राबेल थोपारिएर राखिएको छ । जसको कारण यातायात सञ्चाल मात्र नभई सर्वसाधरण समेत हिडडुल गर्न समस्या परेको छ । पुल्चोकबाट मंगलबजार जाने सडकमा रथ राखिएको भने पुरानो बानेश्वरदेखि भिमसेनगोलासम्म गिटी विच्छाएको कारण सवारी चल्न सकेका छैनन् ।

Nepal Road statistics (5)

Nepal Roas Stat (3)

Nepal Road stat

पुरानोवानेश्वर भिमसेनगोलासम्मको दुई किलोमिटर सडक निर्माण कार्य १७ महिना पुग्दा समेत अधुरै रहेको छ । ट्राफिक प्रहरी महाशाखाकाका अनुसार पुनारोवानेश्वरदेखि सिनामंलसम्मको बाटो नहुँदा भिभिआइपी र भिआइपी सवारी मिलाउन निकै कठिनाई छ ।’

गौशालाको रातोपुलेखि सेतोपुलसम्मको करिडोरमा हिमपाइप विच्छाउने कामले गर्दा सवारी चल्न सकेको छैन । चुच्चेपार्टीबाट महांकाल हुँदै आरुवारीसम्म मेलम्ची खानेपानी विस्तारको काम भइरहेको भने शोभा भगवतीबाट भगवानपाउ जाने सडक पिच, भारतीय दुतावासदेखि कपुरधार र नर्भिकदेखि भित्रीबाट बबरमहल जाने सडकमा पिच भइरहेको छ भूकम्पबाट भत्किएका घर भत्काउनको लागि काठमाडौं महानगरपालिका र शहरी विकास तथा भवन निर्माण विभागलाई सरकारले जिम्मेवारी दिएपनि टेको लगाइ राखेका घरहरु भत्काउने प्रक्रियाले गति लिन सकेको छैन् ।

सरकारको निर्देशन ठेकेदारले सुन्दै सुन्दैनन

राजधानीमा भएका भौतिक निर्माणको कामले राजधानीवासी दिक्क छन् । राजधानीमै त विकासको यो ताल छ भने दुर दराजका विकासको के हालत होला ? राजधानीका सडक निर्माणको काम त रोए जस्तो गर म पिटेजस्तो गर्छु भन्दा फरक छैन । सडक खानेपानी ढल विस्तार लगायका काममा राज्यले करोडौ रुपैयाँ लगानी गरेको हुन्छ । कुनै पनि काम ठेकदारले भनेको समयमा सम्पन्न गदैनन् । अनुगमन गर्ने सरकार देखेको नेखेझैं गरेर दैनिय यही बाटोबाट हिड्ने गर्छन । तर पनि समयमा सम्पन्न गर्न ताकेदा गदैनन ।

स्थानीयको विरोध भएपछि सरकारले निर्देशन दिन्छ तर अनुगमन गदैन । दिनराजधानीका विस्तारित सडक समयमा सम्पन्न गर्न प्रधानमन्त्री कार्यालले पटक–पटक निर्देशत दिदा समेत सडक विभाग, निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीले वेवास्था गर्दै आएका छन् ।