२० असोज, एजेन्सी।

रुसी सरकारले देशव्यापी नागरिक सुरक्षा तालिम अभ्यास सुरु गरेको छ। पश्चिमको आणविक, रासायनिक तथा जैविक आक्रमणको लागि देशवासीलाई तयार राख्न रुसले यस्तो अभ्यास सुरु गरेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।russia-president-22157310

सिरियामा रसियाले गरेको कारवाहीले अन्तराष्ट्रिय तनाव बढेको समयमा रक्षा मत्रालयले चलाएको जेभेज्डा टिभी नेटवर्कले अघिल्लो हप्ता ‘अमेरकी मन्दबुद्धीहरुले मस्कोकोलागि परमाणु हतियार तयार गरेको’ भनि प्रसारण गरेको छ।

रुसको सिभिल डिफेन्स मन्त्रालय, इमर्जेन्सी र इलिमिनेसन अफ कन्सिक्वेन्सेस अफ नेचुरल डिज्यास्टर (EMERCOM) द्वारा सञ्चालिन चार दिने अभ्यासमा करिब २००,००० आपतकालिन अधिकारी र ४ करोड भन्दा बढी नागरिक सहभागी हुनेछन्। यो अक्टोबर ४ बाट सुरु भएको हो।russia-president-215831410

EMERCOM ले आफ्नो वेवसाइटमा ‘यो अभ्यासमा रेडियसन, रासायनिक अनि जैविक हतियारबाट सुरक्षित हुन, आपतकालिन अवस्थामा तयार रहन रिहर्स गरिनेछ।’

यो अभ्यासले आपतकालिन अवस्थामा के कुरामा ध्यान पुर्याउनु पर्छ, साथै नागरिकको सुरक्षाको लागि कस्ता खतरा अनि रिस्क मोल्नु पर्छ, साथै अभ्यास पछि केही सुरक्षा नियममा समेत परिमार्जन गर्न सहयोग मिल्ने बताइएको छ। यो क्रममा सार्वजनिक भवनहरुको अवस्थाबारे पनि जानकारी लिइनेछ।

साथै EMERCOMले मस्कोमा भुमिगत बंकर बनाउने तयारी बारे पनि घोषणा गरेको छ। घोषणा अनुसार मस्कोका शतप्रतिशत जनतालाई आणविक आक्रमणबाट बचाउन यस्तो बंकर बनाउने तयारी गरिएको बताइएको छ। सन् २०१२ देखि रसियाले यस्तो अभ्यास वर्षेनी गर्दै आएको छ। सन् २०१३ मा पनि यस्तो अभ्यासमा ६ करोड नागरिकले सहभागी भएका थिए।

रसिया र अमेरिका बिच सम्बन्ध चिसिदैँ छ। सोमबार प्लुटोनियम नष्ट गर्ने सम्झौता, लगतै परमाणु उर्जाबारे सहयोग सम्झौता रुसले निलम्बन गरेपछि अमेरिकासंगको सम्बन्ध झनै बिग्रेको छ। सिरियाबारे अमेरिकाले रुससंग छलफल गर्न छोडिसकेको छ।

यो पढ्नुस्।

अमेरिका-रुस विवादले दोस्रो शीत युद्ध निम्त्याउला?