३ मंसिर, काठमाडौं । चिनियाँ कम्पनी शाओमीको नयाँ फोन रेडमी नोट ८ नेपाली बजारमा छिट्टै उपलब्ध हुने भएको छ । भारतीय बजारमा आजबाट मोबाइलको बिक्री शुरु भइसकेको छ । ४ हजार एमएएच ब्याट्री क्षमता भएको फोनको क्यामेरा रेडमी ७ को जस्तै ४८ मेगापिक्सल छ । यो फोनमा स्न्यापड्यागन ६६५ प्रोसेसर छ, जसले फोनमा गेम खेल्दा पनि ह्याङ हुँदैन । कम्पनीले दुई थरीको क्याटेगोरीमा फोन भारतमा लन्च गरेको छ । मुनलाइट, सेता निलो र हल्का कालो रङमा उपलब्ध मोबाइलमा ६४ जिबी र १२८ जिबीको स्टोरेज अप्सन छ ।

के–के छन् विशेषता ?
–मोबाइलमा ६.३९ साइजको डिस्प्लेमा १०८०२२८० पिक्सलको क्वालिटी देखिन्छ । फोनमा गोरिल्ला ग्लास ५ प्राटेक्सन (फ्रन्ट/बैंक) छ ।
–मोबाइलमा ४ र ६ जिबीको र्‍याम छ भने ६४ जिबी र १२८ जिबीको स्टोरज रहेको छ ।
–४८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी वाइड एंगल लेन्स र २ एमपी क्याक्रो लेन्स र २ एमपीको डेप्थ लेन्स छ । यस्तै फोनमा १३ एमपीको फ्रन्ट क्यामरा छ ।
–४ हजार एमएएचको ब्याट्री ब्याकअप भएको फोनमा १८ वाटको टाइपी सी चार्जर सपोर्ट गर्नेछ ।
–मोबाइलमा जिपिएस, वाईफाई ८०२.११, ब्लुटुथ ४.२, वाइफाइ डाइरेक्ट, युएसबी टाइप सी पोर्ट रहेको छ भने प्रोक्सिमिटी, एंबिएंट लाइट, एक्सीलेरोमिटर, जारोस्कोप, डिजिटल कम्पास र अगाडिको स्क्रिनमै फिंगर प्रिन्ट रहेको छ । मोबाइल १ सय ८८ ग्रामको छ ।

दुई किसिमको र्‍याम र स्टोरज रहेको मोबाइलको मूल्य पनि दुईथरी नै छ । ४ जिबी र्‍याम र ६४ जिबी स्टोरेज भएको फोनको मूल्य भारतीय बजारमा ९ हजार ९ सय ९९ अर्थात नेपाली १६ हजार रुपैयाँ पर्ने देखिन्छ । तर नेपालमा कर जोडिएर आउँदा यो फोनको मूल्य २२ देखि २४ हजारसम्म पर्नसक्छ । त्यसैगरी ६ जिबी र्‍याम र १२८ जिबी स्टोरेज भएको फोन भारतमा १२ हजार ९ सय ९९ रुपैयाँ अर्थात नेपाली २० हजार ८ सय रुपैयाँ पर्नेछ । यो फोनमा भन्सारको कर जोडिएर र व्यापारीहरुको नाफा राख्दा २८ देखि ३० हजार पर्ने देखिन्छ ।