१० साउन, काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि आवेदन दिएका ५९ दललाई औपचारिक रुपमा दर्ता गरेको छ ।

दल दर्ताको लागि १ सय ३९ वटा दलले निवेदन दिएपनि बाँकी रहेका दलहरुको छानविन प्रक्रिया जारी रहेको आयोगले जनाएको छ ।
यी ५९ दललाई चुनावचिन्ह समेत प्रदान गरेको छ । आयोगले दल दर्ताका क्रममा माग भएको कागजात परीक्षण गरी रित पुगेका दललाई औपचारिक दर्ता र चुनाव चिन्ह दिँदै जाने  बताएको छ ।

कुन दलले कुन चुनाव चिन्ह पाए ?