११ असार, बर्दिया ।

नयाँ शक्ति पार्टीको तर्फबाट बर्दियाको बाँसगढी नगरपालिकाको उम्मेदवार बनेका विपिन पौडेलले नगरका मुख्य समस्याको रुपमा रहेको सुकुम्बासी तथा भूमिबिहिनहरुको समस्या समाधान गर्नकै लागि आफू उम्मेदवार बनेको बताएका छन् ।

देशको आर्थिक अवस्था बदल्नकै लागि युवाहरु राजनीतिमा लाग्नुपर्ने बताउँदै उनले भ्रष्टाचाररहित समाजको निर्माण नै अबको राजनीतिक गन्तब्य हुनुपर्ने बताए ।

पुराना पार्टीहरुले सुकुम्बासीलाई जहिल्यै भोट बैंकको रुपमा मात्रै व्यवहार गर्ने भन्दै पौडेलले आफू नगर प्रमुखमा विजयी भए ५ वर्षको कार्यकालमा सुकुम्बासी तथा भूमिबिहीनहरुको सबै समस्या समाधान गरी सुकुम्बासी शब्द नै हटाउने घोषणा गरे ।