६ फागुन, एजेन्सी।

स्पेनकी एक महिला ६४ वर्षको उमेरमा आमा बनेकी छिन्। उत्तरी स्पेनको बरगास सहरमा उनले जुम्ल्याह जन्माएकी हुन।

अमेरिकामा प्रजनन क्षमताको उपचार गराएकी उनको नाम स्पेनी मिडियाले लेखेका छैनन्।

अस्पतालमा ‘सिजेरियन डेलिभरी’ पद्धतीबाट दुई बच्चाको जन्म गराएको एक भिडियो पनि सार्वजनिक गरेको छ।

यी महिलाले सन् २०१२ मा पनि एक बच्चालाई जन्मदिएकी थिइन तर पालनपोषणको चिन्ता पश्चात सामाजिक क्षेत्रमा क्रियारतहरुले आफ्नो संरक्षणमा लिएको बीबीसीले लेखेको छ।

स्पनको पत्रिका अल पाइसको एक रिपोर्ट अनुसार सामाजिक कार्यकर्ताहरुले ती बच्चालाई एक्लो छोडिएको भेटेपछि आफ्नो संरक्षणमा लिएका थिए। बच्चालाई सफासुघ्घर नराखेको र ठिकसंग हेरविचार नगरिएको अवस्थामा ती बच्चा भेटिएका थिए।

अहिले जन्मेका जुम्ल्याह बच्चाको बारेमा भने कुनै निर्णय गरिएको छैन। अल पाइसको अनुसार अघिल्ला केही वर्षहरुमा स्पेनमा ६० वर्ष भन्दा बढी उमेरका दुई अन्य महिला पनि आमा बनेका थिए।

सन् २०१५ मा छोरा पाएकी भारतकी ७० वर्षिया दलजिन्तर कौर अहिलेसम्मकी सबैभन्दा पाको उमेरमा आमा बनेकी महिला हुन।

हेर्नुस् भिडियो,