३ जेठ, काठमाडौं ।
पहिलो चरणको निर्वाचनको अन्तिम मतपरिणाम धमाधम आइरहेका छन् । अहिलेसम्मको अन्तिम मत परिणाम अनुसार २८३ स्थानीय तह मध्ये ७२ स्थानको परिणाम आएको छ । अहिलेसम्मको परिणाम अनुसार एमालेले २८ स्थानीय तहमा विजयी हुँदै ८० स्थानीय तहमा अग्रता लिएको छ ।

त्यसैगरी नेपाली कांग्रेसले २५ स्थानीय तहमा विजयी भएको छ भने ७५ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म १७ स्थानमा विजयी हुँदै ५० स्थानमा अग्रता लिएको छ । दुई गाउँपालिकाको अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मतगणना कार्य निकै सुस्त गतिमा अगाडि बढेको भन्दै निर्वाचन आयोगको आलोचना भएपनि मतगणनास्थलभित्र थप टोली थपेर मतगणना कार्य सुरु गरिएको छ । निर्वाचन सम्पन्न तीन दिन वितिसक्दा समेत महानगरपालिका, उपमहानरपालिका, नगरपालिका र गाउँपालिकामा मतगणना कार्य निकै ढिलो गतिमा अगाडि बढेको छ ।