५ असार, कुश्मा।

७६ बर्षिय बृद्धालाई जवर्जस्ती करणी गरेर फरार रहेका एक बृद्ध एक सातापछि प्रहरीको फन्दामा परेका छन्।

जेठ ३० गते बृद्धालाई जवर्जस्ती गरी फरार रहेका कुश्मा नगरपालिका–७ का ५६ वर्षिय बलबहादुर बिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

बृद्धलाई पर्वतको आर्थरडाँडाखर्क गाविसमा रहेको जंगलमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जेठ ३० गते दिउसो साढे चार बजे जबरजस्ती करणी गरेपनि उनी फरार भएका कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

प्रहरीले जिल्लाभर र उनी जानसक्ने स्थानमा प्रहरी परिचालन गर्दा आर्थरको जंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका बिकलाई शुक्रबार तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए ।