२१ फागुन, काठमाडौं ।

बंगलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले गंगा, ब्रम्हपुत्र र मेघना नदि बेसिनको (जीबीएन बेसिन) जल ब्यवस्थापनले नेपाल, भुटान, भारत र बंगलादेशका जनताको गरिबी निवारण गर्न सकिने बताएका छन् ।

शुक्रवार काठमाडौंमा भएको साक्षात्कारमा उनले जीबीएन बेसिनको पानी र त्यसबाट निस्कने ८० हजार मेघावाट विद्युतले यस क्षेत्रको पानी र उर्जाको संकट अन्त्य गर्ने भएकोले यसमा साझेदारीको आवश्यकता औल्याए ।

hasnul huk inu

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कार मन्त्री इनुले बंगलादेशको स्वतन्त्रता संग्राममा हतियार सहयोग गरेर नेपालले गुण लगाएको भन्दै बंगलादेशका दिपकंर बुद्धको दोस्रो घर नेपाल भएकोले दुई देश सास्कृतिक बन्धनमा बाधिएको भन्दै दुई देशवीच आर्थिक, पर्यटन र सास्कृतिक क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

नीतिशले काठमाडौंमा बोलेको कुरा भारतमा हेडलाइन

उनले बंगलादेशलाई उर्जाको आवश्यकता रहेको र त्यसकोलागि बंगलदेशले नेपाललाई प्रस्ताव गरिसकेको जानकारी दिदै दुई देशवीच उर्जाको विषयमा भएको एमओयू सकारात्मक भएको बताए ।

ज्योतिषकै सल्लाहमा देउवाको १ नम्बरमा उम्मेदवारी दर्ता

अहिले ७ हजार बंगलादेशी पर्यटक नेपाल आउने गरेकोमा रोडबाटो खुल्ला भएपछि यो बढ्ने सम्भावना ब्यक्त गर्दै नेपालको हिमाल, पहाड हेर्न बंगलादेशी र बंगलादेशको नदि, सामुद्री किनार हेर्न नेपाली पर्यटक जान सक्ने बताए ।

अर्जुन, शशांक र गगनः महामन्त्रीमा कसको पल्ला भारी !

उनले भने,‘ हामीवीच हवाई सम्पर्क छँदैछ । अब रोड नेटवर्क पनि खुल्ला भएको छ । बंगलाबन्ध र फुलबारी सँगै मंगलपुर चितगाउँको बन्दरगाह पनि नेपालको लागि खुल्ला भएको छ । अब बृहद साझेदारीको सम्भावना खुलेको छ ।’